LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

रौतहट, ।रौतहटको सदरमुकाम गौरमा जमिनमुनि लुकाएर राखेको अवस्थामा ठूलो परिणामा गाँजा बरामद भएको छ। एक क्वीन्टल ८० किलो गाँजासहित प्रहरीले ट्रक र चालकलाई समेत नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय रौतहटबाट शनिबार खटिएको प्रहरी टोलीले गौर ३ स्थित कुखुरा फर्ममा छापा मारेर सो गाँजा बरामद गरिएको एसपी वीरबहादुर ठाडा मगरले बताए । गाँजा ढुवानी गरेको आरोपमा प्रदेश ०१-००६-ख २८३० नम्बरको ट्रक र मकवानपुर आरा ३ का २१ वर्षीय चालक सुरेन्द्र स्याङतान सहितलाई नियन्त्रणमा लिइएको एसपी मगरले बताए।कुखुरा फर्म सञ्चालक भारतीय नागरिक फिरोज मिया भने हालसम्म फरार रहेको र उनको खोजी भइरहेको प्रवक्ता यादवले जानकारी दिए ।

सम्बन्धित खबर