LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहलाई ज्ञापनपत्र बुझाएको छ ।मंगलवार जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ नेतृत्वको व्यापारीहरुले टोलीले जग्गाको कित्ताकाटसहितको ७ सुत्रिय माग गर्दै ज्ञापनपत्र बुझाएको हो । लामो समयदेखि जग्गाको कित्ताकाट रोकिएकोले उद्योग व्यापार प्रभावित भएको भन्दै त्यसलाई अभिलम्व त्यसतर्फ ध्यान दिन माग गरिएको छ ।नेपाल सरकारले कृषि तथा गैर कृषि क्षेत्र छुट्याउन नयाँ कित्ताकाट रोकिएको छ । यसरी कित्ताकाट रोकिएपछि जग्गाको खरिद विक्रिको कार्य रोकिएको छ ।

जनकपुरधामको नगर क्षेत्रमा कृषि बजारको अभाव रहेकोले ऐकिकृत कृषि बजार स्थापना गरिनुपर्ने, जनकपुरधाम उपमहानगरपालिकाको राजश्वमा वृद्धि गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र उद्योगमैत्री वातावरण निर्माण गर्न माग गरिएको छ । त्यसैगरि, जनकपुरधाम प्रदेशको राजधानि भईसकेको अवस्थामा ठुला होटलहरुको लगानि गर्नेहरुको लागि सहज वात्तावरण बनाउनुपर्ने, जनकपुरधाम धार्मिक शहर भएकोले माछा मासुको बजार एक ठाउँमा व्यवस्थापन गर्न, नगरको फोरह व्यवस्थापनको लागि ल्याण्ड साईड फिल्डको निर्माणमा चासो देखाउन माग गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।

सम्बन्धित खबर