LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

पाकिस्तानविरुद्ध लगातार दुई टेस्ट जित्दै इंग्ल्यान्डले तीन खेलको सिरिज जितेको छ । सोमबार दोस्रो टेस्टको चौथो दिन पाकिस्तानलाई ३२८ रनमा अलआउट गर्दै इंग्ल्यान्डले जारी सिरिजमा अजय अग्रता लिएको छ । पहिलो टेस्टमा विशाल हार व्यहोरेको पाकिस्तानले दोस्रो टेस्टमा २६ रनको हार व्यहोरेको हो । टेस्टको पहिलो इनिङमा इंग्ल्यान्डले २८२ रन बनाएको थियो भने पाकिस्तानले मात्र २०२ । दोस्रो इनिङमा इंग्ल्यान्डले २७५ रन बनाएको थियो । पाकिस्तानले भने लक्ष्य पूरा गर्न सकेन ।
इंग्ल्यान्डको जितमा ज्याक लिचले पहिलो इनिङ मा चार विकेट लिए भने दोस्रो इनिङमा मार्क वुडले पनि चार विकेट लिए । इंग्ल्यान्डले हालसम्म पाकिस्तानमा चारवटा मात्र टेस्ट जितेको छ । यसअघि उसले १९५९, १९६१ र २००० मा टेस्ट जितेको थियो ।

सम्बन्धित खबर