LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । कतारमा जारी विश्वकपमा फ्रान्स र मोरक्कोबीचको सेमिफाइनल खेलमा दुई साथी आमने सामने हुने भएका छन् । यो सेमिफाइनलमा पेरिस सेन्ट जर्मन९पीएसजी० का फरवार्ड केलियन एम्बाप्पे र डिफेन्डर असरफ हकिमीबीचको भीडन्तका रुपमा पनि हेरिएको छ ।एम्बाप्पे र हाकिमी एकअर्काको विषयमा धेरै कुराको जानकारी राख्छन् । पीएसजीमा सँगै खेलेका हकिमीलाई बधाई दिन एम्बाप्पे विश्वकपकै दौरान मोरक्कोको टिम बसेको होटलमा समेत पुगेका थिए ।

तर मंगलबार मध्यराति यी दुई साथी एक अर्काको विपरीत खेल्नेछन् । एम्बाप्पेलाई हकिमीले गोल गर्न रोक्नेछन् । हकिमी क्लब र राष्ट्रको लागि डिफेन्डरको रुपमा खेल्छन् ।यी दुवै टिमका लागि यो खेल उत्तिकै महत्वपूर्ण हुनेछ । दुई खेलाडीको सेमिफाइनलमा एक अर्काको टिमलाई हराउँदै फाइनल पुग्ने लक्ष्य हुनेछ ।हकिमी विश्वकप फाइनल खेल्ने पहिलो अफ्रिकी टिमको हिस्सा बन्न चाहन्छन् भने एम्बापे डिफेन्डिङ च्याम्पियन भएका कारण इतिहास दोहोर्‍याउन चाहन्छन् ।

यो सेमिफाइनल जित्ने टिमले फाइनलमा क्रोयसिया वा अर्जेन्टिनासँग फाइनल खेल्नेछ ।एम्बाप्पेले जनवरीमा हकिमीको बारेमा एउटा ट्वीट गर्दै भनेका थिए, ‘असरफ हकिमी विश्वका उत्कृष्ट अरबी खेलाडी हुन् ।’एम्बाप्पे यस विश्वकपमा सर्वाधिक गोलकर्ताको रुपमा रहेका छन् । उनले प्रतियोगितामा पाँच गोल गरेका छन् । अर्का डिफेन्डर हकिमीको टिमले एक गोल मात्र खाएको छ ।२०२१ मा इन्टर मिलानबाट पीएसजी आएका हकिमी र एम्बाप्पेको दोस्ती त्यसपछि बनेको हो । हकिमी ६० मिलियन युरोमा पीएसजीमा आवद्ध भएका हुन् ।

सम्बन्धित खबर