LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

काठमाडौं । कतारमा जारी विश्वकपमा फ्रान्स र मोरक्कोबीचको सेमिफाइनल खेलमा दुई साथी आमने सामने हुने भएका छन् । यो सेमिफाइनलमा पेरिस सेन्ट जर्मन९पीएसजी० का फरवार्ड केलियन एम्बाप्पे र डिफेन्डर असरफ हकिमीबीचको भीडन्तका रुपमा पनि हेरिएको छ ।एम्बाप्पे र हाकिमी एकअर्काको विषयमा धेरै कुराको जानकारी राख्छन् । पीएसजीमा सँगै खेलेका हकिमीलाई बधाई दिन एम्बाप्पे विश्वकपकै दौरान मोरक्कोको टिम बसेको होटलमा समेत पुगेका थिए ।

तर मंगलबार मध्यराति यी दुई साथी एक अर्काको विपरीत खेल्नेछन् । एम्बाप्पेलाई हकिमीले गोल गर्न रोक्नेछन् । हकिमी क्लब र राष्ट्रको लागि डिफेन्डरको रुपमा खेल्छन् ।यी दुवै टिमका लागि यो खेल उत्तिकै महत्वपूर्ण हुनेछ । दुई खेलाडीको सेमिफाइनलमा एक अर्काको टिमलाई हराउँदै फाइनल पुग्ने लक्ष्य हुनेछ ।हकिमी विश्वकप फाइनल खेल्ने पहिलो अफ्रिकी टिमको हिस्सा बन्न चाहन्छन् भने एम्बापे डिफेन्डिङ च्याम्पियन भएका कारण इतिहास दोहोर्‍याउन चाहन्छन् ।

यो सेमिफाइनल जित्ने टिमले फाइनलमा क्रोयसिया वा अर्जेन्टिनासँग फाइनल खेल्नेछ ।एम्बाप्पेले जनवरीमा हकिमीको बारेमा एउटा ट्वीट गर्दै भनेका थिए, ‘असरफ हकिमी विश्वका उत्कृष्ट अरबी खेलाडी हुन् ।’एम्बाप्पे यस विश्वकपमा सर्वाधिक गोलकर्ताको रुपमा रहेका छन् । उनले प्रतियोगितामा पाँच गोल गरेका छन् । अर्का डिफेन्डर हकिमीको टिमले एक गोल मात्र खाएको छ ।२०२१ मा इन्टर मिलानबाट पीएसजी आएका हकिमी र एम्बाप्पेको दोस्ती त्यसपछि बनेको हो । हकिमी ६० मिलियन युरोमा पीएसजीमा आवद्ध भएका हुन् ।

सम्बन्धित खबर