LIVE
बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित |

काठमाडौं । अफ्रिकन राष्ट्र मोरक्कोले पहिलो पटक विश्वकप फुटबल सेमिफाइनलमा पुग्दै इतिहास रचिसकेको छ ।कतारमा भइरहेको विश्वकपमा बुधबार राति साविक विजेता फ्रान्सविरुद्ध मैदान उत्रँदा मोरक्को विश्वकपमा सेमिफाइनल खेल्ने २५ औं राष्ट्र हुनेछ ।अहिलेसम्म २४ राष्ट्रले विश्वकपमा सेमिफाइनल खेलेका छन् । जसमध्ये १३ राष्ट्र फाइनलसम्म पुगेका छन् भने ८ राष्ट्रले मात्र उपाधि जितेका छन् ।मोरक्को अफ्रिका महादेशबाट विश्वकपमा सेमिफाइनल खेल्ने पहिलो टिम बन्नेछ । सन् १९८६ मा अन्तिम १६ मा पुगेको मोरक्को यो संस्करणमा भने जायन्ट किलरको रुपमा देखिएको छ ।पछिल्लो पटक सेमिफाइनलमा पुगेको नयाँ टिम स्पेन थियो ।

२०१० मा सेमिफाइनल पुगेको स्पेनले फाइनल पुग्दै उपाधि जितेको थियो ।त्यसअघि सन् २००२ मा दुई नयाँ टिम दक्षिण कोरिया र टर्की सेमिफाइनल पुगेका थिए । तर दुवै टिम सेमिफाइनलमा पराजित भए ।यस पटक भने मोरक्को सेमिफाइनलसम्म आउँदा अपराजित छ । समूह चरणमै विश्व नम्बर दुई टिम बेल्जियमलाई पराजित गरेको मोरक्कोले अन्तिम १६ मा स्पेन र क्वार्टरफाइनलमा स्पेनलाई पराजित गरेको थियो ।साविक विजेता फ्रान्सलाई पनि स्तब्ध पार्दै फाइनल पुग्ने मोरक्कोको लक्ष्य छ । मोरक्को र फ्रान्सबीचको खेल मध्यराति पौने १ बजे अल बायत स्टेडियममा हुनेछ ।

सम्बन्धित खबर