LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

काठमाडौं । अफ्रिकन राष्ट्र मोरक्कोले पहिलो पटक विश्वकप फुटबल सेमिफाइनलमा पुग्दै इतिहास रचिसकेको छ ।कतारमा भइरहेको विश्वकपमा बुधबार राति साविक विजेता फ्रान्सविरुद्ध मैदान उत्रँदा मोरक्को विश्वकपमा सेमिफाइनल खेल्ने २५ औं राष्ट्र हुनेछ ।अहिलेसम्म २४ राष्ट्रले विश्वकपमा सेमिफाइनल खेलेका छन् । जसमध्ये १३ राष्ट्र फाइनलसम्म पुगेका छन् भने ८ राष्ट्रले मात्र उपाधि जितेका छन् ।मोरक्को अफ्रिका महादेशबाट विश्वकपमा सेमिफाइनल खेल्ने पहिलो टिम बन्नेछ । सन् १९८६ मा अन्तिम १६ मा पुगेको मोरक्को यो संस्करणमा भने जायन्ट किलरको रुपमा देखिएको छ ।पछिल्लो पटक सेमिफाइनलमा पुगेको नयाँ टिम स्पेन थियो ।

२०१० मा सेमिफाइनल पुगेको स्पेनले फाइनल पुग्दै उपाधि जितेको थियो ।त्यसअघि सन् २००२ मा दुई नयाँ टिम दक्षिण कोरिया र टर्की सेमिफाइनल पुगेका थिए । तर दुवै टिम सेमिफाइनलमा पराजित भए ।यस पटक भने मोरक्को सेमिफाइनलसम्म आउँदा अपराजित छ । समूह चरणमै विश्व नम्बर दुई टिम बेल्जियमलाई पराजित गरेको मोरक्कोले अन्तिम १६ मा स्पेन र क्वार्टरफाइनलमा स्पेनलाई पराजित गरेको थियो ।साविक विजेता फ्रान्सलाई पनि स्तब्ध पार्दै फाइनल पुग्ने मोरक्कोको लक्ष्य छ । मोरक्को र फ्रान्सबीचको खेल मध्यराति पौने १ बजे अल बायत स्टेडियममा हुनेछ ।

सम्बन्धित खबर