LIVE
सात दलले बहिष्कार प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक | आन्दोलनरत सात दललाई वार्तामा आउन मुख्यमन्त्री यादवको आग्रह | सभामुखविरुद्धको प्रस्ताव वारे सात दलले लिए उपसभामुख राउतसँग जानकारी | प्रदेशको राजनीतिक अवस्थाप्रति प्रदेश प्रमुख डा.लाभद्वारा चिन्ता व्यक्त | सभामुख मण्डल पदीय म्यार्दा विपरित व्यवहार प्रदर्शन गरेको सात दलको आरोप | धनुषामा गोलि प्रहार गरि वडाध्यक्षको हत्या | मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको भन्दै सात दलको भोलि पनि विरोधमा कार्यक्रम | भित्र मुख्यमन्त्रीको पदभार ग्रहण, बाहिर प्रहरी र प्रदर्शनकारी बीच झडप | दलहरू कांग्रेसलाई नेतृत्व दिन तयार भए राजीनामा दिन तयार छु : मुख्यमन्त्री यादव | विद्रोही सांसद रहबर अन्सारी, ढाल्यो सोनल सरकार ! |

काठमाडौं । कात्तिक महिना विदेशी विनिमय सञ्चितिमा थप सुधार देखिएको छ । कात्तिकमा विदेशी मुद्राको भण्डार १२ खर्ब ४६ अर्ब २७ करोड बराबरमा पुगेको नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९र८० को प्रथम चौमासिक प्रतिवेदनमा उल्लेख छ ।असोज मसान्तमा ९ अर्ब ४८ करोड डलर रहेको विदेही मुद्रा सञ्चिति ९ अर्ब ६३ करोड कायम भएको छ । साउन र भदौमा घटेको विदेशी विनिमय सञ्चिति असोज र कात्तिकमा लगातार बढेको हो ।अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा १।० प्रतिशतले बढेर ९ अर्ब ६३ करोड कायम भएको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँरहेकोमा कात्तिक मसान्तमा ३।३ प्रतिशतले बढेर रु।१० खर्ब ९१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु।१ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा कात्तिक मसान्तमा २।७ प्रतिशतले घटेर १ खर्ब ५५ अर्ब ५ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३।५ प्रतिशत छ ।

सम्बन्धित खबर