LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले जनतालाई सचेत बनाउन नसकेको टिप्पणी गरेका छन्।
शनिबार नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा गणेशकुमार जिसीद्वारा लिखित पुस्तक ‘अरनिको एसिया एक प्रस्तावना’को विमोचन र पुस्तक तथा चित्रकला प्रदर्शनी कार्यक्रममा अध्यक्ष ओलीले आफूले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा चाहेको भए पनि जनतालाई बुझाउन नसकेको बताएका हुन्।भिजन भएको नेतृत्वले चुनाव जितेर सरकार चलाओस भिजन कार्यान्वयन होस देश अगाडि बढोस भन्ने चाहे पनि त्यो पुरा हुन नसकेको उनको जिकिर थियो।’चुनावको परिणाम हेर्दा अनेक अनेक झालझेल भए। नेपाली समाजलाई जुन दिशामा लैजानुपर्थ्यो, त्यसका लागि जनतालाई सचेत बनाउनु पर्थ्यो। ठूलो पार्टीको अध्यक्षको हैसियतले मैले सकिनँ। यो मेरो प्रमुख कमजोरी हो’, उनले भने।जनता सचेत बनाउन नसक्दा सरकार बन्ने पक्रियाका लागि मान्छेहरू कुदाकुद गरेको पनि उनले टिप्पणी गरे।
‘विचरा गठबन्धनले सरकार बनाउन साथी खोजिरहेको छ। अझ ठूलो गठबन्धन बनाउन खोज्दै छ। बनिहाले पनि सरकार कसरी बनाउला? अहिले पोलिटिकल भाउ महँगो भएको छ। अहिले अवस्था जटिल थप जटिल देखिएको छ’, अध्यक्ष ओलीले भने।
आफूले राजनीति गरेको ५८ वर्ष भएको र एक दुई वर्ष प्रधानमन्त्री भइसकेको अवस्थामा पनि अहिले कसरी सरकार बन्छ? भनेर कसैले सोधे खै! भन्ने अवस्था सिर्जना भएको उनले बताए।

सम्बन्धित खबर