LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले जनतालाई सचेत बनाउन नसकेको टिप्पणी गरेका छन्।
शनिबार नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा गणेशकुमार जिसीद्वारा लिखित पुस्तक ‘अरनिको एसिया एक प्रस्तावना’को विमोचन र पुस्तक तथा चित्रकला प्रदर्शनी कार्यक्रममा अध्यक्ष ओलीले आफूले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा चाहेको भए पनि जनतालाई बुझाउन नसकेको बताएका हुन्।भिजन भएको नेतृत्वले चुनाव जितेर सरकार चलाओस भिजन कार्यान्वयन होस देश अगाडि बढोस भन्ने चाहे पनि त्यो पुरा हुन नसकेको उनको जिकिर थियो।’चुनावको परिणाम हेर्दा अनेक अनेक झालझेल भए। नेपाली समाजलाई जुन दिशामा लैजानुपर्थ्यो, त्यसका लागि जनतालाई सचेत बनाउनु पर्थ्यो। ठूलो पार्टीको अध्यक्षको हैसियतले मैले सकिनँ। यो मेरो प्रमुख कमजोरी हो’, उनले भने।जनता सचेत बनाउन नसक्दा सरकार बन्ने पक्रियाका लागि मान्छेहरू कुदाकुद गरेको पनि उनले टिप्पणी गरे।
‘विचरा गठबन्धनले सरकार बनाउन साथी खोजिरहेको छ। अझ ठूलो गठबन्धन बनाउन खोज्दै छ। बनिहाले पनि सरकार कसरी बनाउला? अहिले पोलिटिकल भाउ महँगो भएको छ। अहिले अवस्था जटिल थप जटिल देखिएको छ’, अध्यक्ष ओलीले भने।
आफूले राजनीति गरेको ५८ वर्ष भएको र एक दुई वर्ष प्रधानमन्त्री भइसकेको अवस्थामा पनि अहिले कसरी सरकार बन्छ? भनेर कसैले सोधे खै! भन्ने अवस्था सिर्जना भएको उनले बताए।

सम्बन्धित खबर