LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

काठमाडौं । नयाँ सरकार गठनपछि लगातार दुई दिन बढेको सेयर बजारमा बुधबार करेक्सन आएको छ । यद्दपी यस दिन दिनभर नै बजारमा उतारचढाव देखियो । अन्त्यमा बजार ११.८१ अंकले घटेर १९७२.१५ बिन्दुमा आएर रोकियो । बुधबार कारोबार रकम समेत खुम्चिएर ०.६० प्रतिशतको करेक्सन आएको हो । कुल २५७ वटा धितोपत्रको ३९ हजार ६६० कारोबारबाट ६५ लाख ३० हजार ४१५ कित्ता सेयर किनबेच भएको छ । जसको कारोबार मूल्य २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँ रहेको छ ।बुधबार अधिकांश उपसूचकहरु राताम्य रहे ।

वित्त, जलविद्युत, लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड र नन लाइफ इन्स्योरेन्स उपसूचक भने हरियो देखिए । बुधबार सेन्ट्रल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स र द्यौलागिरि लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त, सृजनशील लघुवित्तको समेत सर्किट लेबलमा कारोबार भएको छ ।बुधबार सबैभन्दा धेरै माहुली लघुवित्तका लगानीकर्ताले गुमाए । यसको मूल्य ५.२० प्रतिशतले घट्यो । अजोड इन्स्योरेन्स, सामुदायिक लघुवित्त, नाडेप लघुवित्तको समेत मूल्य धेरैले घटेको छ । नविल बैंक, रिडी हाइड्रो, अपर तामाकोसीसहितका कम्पनी धेरै कारोबार हुनेमा परेका छन् ।

सम्बन्धित खबर