LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । रसुवाको भोटेकोशीमा आएको बाढीमा ८५ जना सुरक्षाकर्मी अझै सम्पर्कविहिन छन् । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ४४ सेना, २८ प्रहरी र १३ जना सशस्त्र प्रहरी सम्पर्कविहिन छन्।

त्यस्तै, तीन सय ८४ पर्यटक, लाङटाङ जलबिद्युत् आयोजनाका ४० कर्मचारी तथा अध्यागमन र भन्सारका १० कर्मचारी सम्पर्कमा छैनन् । स्थानीय बाहेक नै सम्पर्कविहिनको संख्या पाँच सय नाघिसकेको छ ।

बिद्युत् प्राधिकरणले एक सय ९६ जलबिद्युत् क्षेत्रका कामदार बेपत्ता भएको जानकारी दिएको छ । स्थानीयबाहेक नै ६ सय जना भन्दा धेरै सम्पर्कविहिन भएको सूचना सुरक्षा निकायमा पुगिसकेको छ। अझ धेरैको विवरण प्राप्त हुन सकेको छैन । हालसम्म ९५ जनाको शव फेला परेको प्रहरीको विवरण छ ।

बाढीले १९ वटा मोटरेवल र ४० किलोमिटर पक्की सडक पनि क्षतिग्रस्त भएको छ ।

सम्बन्धित खबर