LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

काठमाडौं । नेपाल टी२० लिगको पहिलो सुपर ओभर खेलमा लुम्बिनी अल स्टार्स विजयी भएको छ । उसले फार वेष्ट युनाइटेडलाई सुपर ओभरमा पराजित गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको भएको खेलमा फार वेष्ट र लुम्बिनी अल स्टार्सले समान १३७ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो ।जहाँ लुम्बिनीले पहिले ब्याटिङ गर्दै १९ रन बनाउँदा जवाफमा फार वेष्टले १० रन मात्र बनाउन सक्यो ।त्यसअघि १३८ रनको लक्ष्य पछ्याएको लुम्बिनी अल स्टार्सले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएपछि स्कोर बराबरी भएको थियो । अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि ५ रन चाहिएको थियो ।तर फार वेष्टका करण केसीको बलिङमा लुम्बिनीले ४ रन मात्र जोड्न सक्यो ।अल स्टार्का लागि गुल्शन झाले ४ बलमा ३ चौका र १ छक्का प्रहार गरी अविजित ३६ रन बनाएका थिए ।

ओपनर लहिरु मिलान्थाले ३४ रन बनाए ।यस्तै विपुल शर्माले ३१ रन योगदान गरे ।फार वेष्टका करण केसी र शेर मल्लले २(२ तथा रासिद खान, उमाइर अली, हशमतुल्लाह शाहिदी र भुवन कार्कीले समान १ विकेट लिए ।टस हारेर पहिले ब्याटिङ गरेको फार वेष्ट युनाइटेडले ६ विकेट गुमाएर १३७ रन बनाएको थियो । फरा वेष्टका लागि ओपनर देव खनालले सर्वाधिक ४८ रन बनाउ ।यस्तै कप्तान हशमतुल्लाह शाहिदीले ३२, भीम सार्कीले १५ तथा हासिम अन्सारी र विनोद भण्डारीले समान ११ रन जोडे ।लुम्बिनीका साड्ली भान साल्कवाउकले २ तथा हर्मित सिंह, किशोर महतो र सागर ढकालले समान १ विकेट लिए ।

सम्बन्धित खबर