LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । नेपाल टी२० लिगको पहिलो सुपर ओभर खेलमा लुम्बिनी अल स्टार्स विजयी भएको छ । उसले फार वेष्ट युनाइटेडलाई सुपर ओभरमा पराजित गरेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको भएको खेलमा फार वेष्ट र लुम्बिनी अल स्टार्सले समान १३७ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो ।जहाँ लुम्बिनीले पहिले ब्याटिङ गर्दै १९ रन बनाउँदा जवाफमा फार वेष्टले १० रन मात्र बनाउन सक्यो ।त्यसअघि १३८ रनको लक्ष्य पछ्याएको लुम्बिनी अल स्टार्सले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएपछि स्कोर बराबरी भएको थियो । अन्तिम ओभरमा लुम्बिनीलाई जितका लागि ५ रन चाहिएको थियो ।तर फार वेष्टका करण केसीको बलिङमा लुम्बिनीले ४ रन मात्र जोड्न सक्यो ।अल स्टार्का लागि गुल्शन झाले ४ बलमा ३ चौका र १ छक्का प्रहार गरी अविजित ३६ रन बनाएका थिए ।

ओपनर लहिरु मिलान्थाले ३४ रन बनाए ।यस्तै विपुल शर्माले ३१ रन योगदान गरे ।फार वेष्टका करण केसी र शेर मल्लले २(२ तथा रासिद खान, उमाइर अली, हशमतुल्लाह शाहिदी र भुवन कार्कीले समान १ विकेट लिए ।टस हारेर पहिले ब्याटिङ गरेको फार वेष्ट युनाइटेडले ६ विकेट गुमाएर १३७ रन बनाएको थियो । फरा वेष्टका लागि ओपनर देव खनालले सर्वाधिक ४८ रन बनाउ ।यस्तै कप्तान हशमतुल्लाह शाहिदीले ३२, भीम सार्कीले १५ तथा हासिम अन्सारी र विनोद भण्डारीले समान ११ रन जोडे ।लुम्बिनीका साड्ली भान साल्कवाउकले २ तथा हर्मित सिंह, किशोर महतो र सागर ढकालले समान १ विकेट लिए ।

सम्बन्धित खबर