LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । कुशल मल्ल र सिद्धान्त लोहनीको आक्रामक ब्याटिङ सहयोगमा नेपाल टी–२० लिगअन्तर्गत पोखरा एभेन्जर्सले फार वेष्टमाथि २ विकेटको जित रचेको छ । प्रतियोगितामा पोखराको छैटौं खेलमा पहिलो जित हो ।लगातार खराब लयबाट गुज्रिएको पोखराले फारवेष्टविरुद्ध १८८ रनको लक्ष्य ५ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टाएको हो । ओपनरहरु सुमित महर्जन र आसिफ शेखले ६५ रनको साझेदारी गर्दै पोखरालाई सहज सुरुवात गराएका थिए ।सुमितले २२ बलमा ३८ तथा आसिफले ३३ बलमा ४५ रन बनाए । तेस्रो नम्बरमा आएका कप्तान उपुल थारंगा ९ रनमै आउट भए पनि मध्यक्रममा कुशल र सिद्धान्तले जिम्मेवारी लिएर खेले ।कुशलले २२ बलमा ५ छक्कासहित ४० रनको योगदान गरे । सिद्धान्तले १० बलमा १ चौका र २ छक्कासहित २३ रन बनाए ।

अमिर हम्जाले १२ रन जोडे ।बलिङमा फारवेष्टका करण केसी, प्रकाश जैशी र उमाइर अलीले २–२ विकेट लिए ।यसअघि टस जितेर ब्याटिङ गरेको फारवेष्टले नवौं नम्बरमा ब्याटिङ गरेका राशिद खानको विष्फोटक ३२ रन सहयोगमा ९ विकेट गुमाएर १८७ रनको योगफल खडा गरेको थियो ।राशिदले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे । मध्यक्रममा उमाइर अलीको २६ बलमा ४२ रन र ओपनर देव खनालको ३३ रनले फारवेष्ट बलियो योगफलमा पुगेको थियो ।बलिङमा पोखराका जाहिर खानले ३ विकेट लिएका थिए । अमिर हम्जा र तुल थापाले २–२ विकेट लिए ।यो जितसँगै पोखरा अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाँचौं खेलमा चौथो हार ब्यहोरेको फारवेष्ट समान २ अंक भए पनि नेट रनरेटमा पछि पर्दै तालिकाको पुछारमा छ ।

 

सम्बन्धित खबर