LIVE
नीति तथा कार्यक्रम सर्वसम्मत पारित, टुक्रे योजना भन्दा ठूला आयोजनामा लगानी | नेपाल पत्रकार महासंघ धनुषाद्वारा जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना | एसईईमा जफत गरिएका मोबाइल नष्ट गरिएको घटनामा सर्वोच्चद्वारा जवाफ माग | मिसावटयुक्त खाद्य पदार्थले उत्पदान गर्ने मधेश प्रदेशका ४१ उद्योग विरुद्ध मुद्दा | दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय | मधेस आन्दोलनका शहिद परिवार तथा घाइतेहरुले गरे मधेस भवन अगाडि प्रदर्शन | मधेश आन्दोलनका शहिद परिवार तथा घाइतेहरूद्वारा जनकपुरधाममा प्रदर्शन | परीक्षामा जफत गरिएको मोबाईल नष्ट गर्ने प्रशासनको निर्णय विवादमा, विद्यार्थिहरु आन्दोलित | जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु |

बारा, पुस १८ गते ।
बाराबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला मोतिहारी नगरपालिका वडा नं १६ बस्ने ४० वर्षीय चन्दन कुमार रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमावर्ती नाका गुलरियाबाट आइतबार साँझ उनलाई एक थान पेस्तोल, म्याग्जिन र ७ राउन्ड गोलीसहित पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेडक्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए ।
दाहिने कम्मरमा होस्टाइल भित्र मोडल नं २०२२ आर एफ आई लेखिएको ३ राउण्ड गोली लोड भएको पेस्तोल बरामद भएको उनले बताए ।
त्यसैगरि चन्दनको आफ्नो, पत्नीको र दाइको भारतीय आधार कार्ड, ११ हजार २ सय ७० भारतीय रूपैयाँ र मोबाइल सेट समेत सशस्त्र प्रहरीले बरामद गरेको छ ।
बरामद गरिएको सामाग्री सहित चन्दनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर