LIVE
नेकपाले अर्थको अडान नछोड्दा अन्तिम समयमा रोकियो सरकार विस्तार | सर्लाहीको नुनथर घुम्न गएका दुई जनाको बागमती नदीमा डुबेर मृत्यु | एमालेसहितको समर्थनमा मुख्यमन्त्री यादवले पाए विश्वासको मत | सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव ७२ हजार घुससहित पक्राउ | मधेश सरकारमा फेरबदल, जसपाको ढुलमुल नीतिले नयाँ गठबन्धन बनाए मुख्यमन्त्री यादव | बजेट अघि निजी क्षेत्रले प्रदेश सरकारलाई दिए २० बुँदे सुझाव | गगन थापाको नेतृत्वमा एकजुट हुन महेन्द्र यादवको आह्वान | बाल श्रममुक्त स्थानीय तह घोषणा कार्यविधि कार्यान्वयनमा जोड | नेपाली कांग्रेस धनुषाका क्षेत्रीय सभापति निधिको निधन | यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट तीन विचौलियालाई पक्राउ |

काठमाडौं । सन् २०२२ मा धेरै कमाइ गर्ने पाकिस्तानी फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’लाई भारतमा प्रतिबन्ध लगाइएको छ । पाकिस्तानमा अहिलेसम्मकै धेरै कमाइ गरेको एक्सनप्रधान यो फिल्म ३० डिसेम्बरमा दिल्ली र पञ्जाबका हलमा रिलिज हुने बताइएको थियो ।भारतीय सेन्सर बोर्डले यो फिल्मको प्रदर्शन रोक्नुको कारण केही खुलाएको छैन । समाचार संस्था पीटीआईले भारतको मल्टिप्लेक्स सिनेमा समूह पीभीआर र आईनक्सका एक कर्मचारीलाई उध्दृत गर्दै प्रदर्शन रोकिएको जनाएको छ ।ती कर्मचारीले बताएअनुसार फिल्म रोकिनुको कारणबारे केही खुलाइएको छैन र अर्को मिति पनि दिइएको छैन । केही भारतीय सञ्चारमाध्यमले त्यहाँको सेन्सर बोर्डले प्रदर्शनको अनुमति फिर्ता लिएको जनाइएको छ ।

तर यसबारे सेन्सर बोर्डले आधिकारिक रुपमा केही बताएको छैन ।मौला जट्ट’ भारतमा रिलिज भएको भए सन् २०११ मा ‘बोल’पछि हलमा प्रदर्शन हुने यो पहिलो पाकिस्तानी फिल्म हुन्थ्यो । भारतमा ‘मौला जट्ट’को वितरणसम्बन्धी अधिकार जी स्टुडियोसँग छ । प्रदर्शन रद्द भएको विषयमा जी स्टुडियोका तर्फबाट पनि कुनै वक्तव्य आएको छैन ।मौला जट्ट’का अभिनेता फवाद खान र अभिनेत्री माहिरा खान पनि बलिउडमा चर्चित छन् । माहिराले सन् २०१७ मा शाहरुख खानको फिल्म ‘रईस’मा काम गरेकी थिइन् । फवादले बलिउडका धेरै चर्चित फिल्ममा अभिनय गरेका छन् ।

सन् २०१६ को उरी आक्रमणपछि इण्डियन मोसन पिक्चर्स एसोसिएसनले पाकिस्तानी कलाकार र गायकलाई भारतीय फिल्ममा काम गर्न प्रतिबन्ध लगाएको थियो । महाराष्ट्र राज्यमा शिवसेना र महाराष्ट्र नवनिर्माण सेनाले पाकिस्तानी कलाकारलाई काम गर्न नदिने र पाकिस्तानी कलाकारले अभिनय गरेको फिल्म प्रदर्शन गर्न नदिने धम्की पनि दिएका थिए ।कतिपय भारतीय मिडियाले मौला जट्टको विरोध गर्दै आएका छन् । त्यसको कारणका रूपमा फिल्मका अर्का अभिनेता हमजा अली अब्बासलाई उनीहरूले हाफिज सइदका समर्थक भएको आरोप लगाएका छन् । भारतले हाफिज सइदलाई मुम्बईमा भएको आतंककारी हमलाको मुख्य योजनाकार मान्दै आएको छ ।

 

सम्बन्धित खबर