LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

काठमाडौं । सन् २०२२ मा धेरै कमाइ गर्ने पाकिस्तानी फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’लाई भारतमा प्रतिबन्ध लगाइएको छ । पाकिस्तानमा अहिलेसम्मकै धेरै कमाइ गरेको एक्सनप्रधान यो फिल्म ३० डिसेम्बरमा दिल्ली र पञ्जाबका हलमा रिलिज हुने बताइएको थियो ।भारतीय सेन्सर बोर्डले यो फिल्मको प्रदर्शन रोक्नुको कारण केही खुलाएको छैन । समाचार संस्था पीटीआईले भारतको मल्टिप्लेक्स सिनेमा समूह पीभीआर र आईनक्सका एक कर्मचारीलाई उध्दृत गर्दै प्रदर्शन रोकिएको जनाएको छ ।ती कर्मचारीले बताएअनुसार फिल्म रोकिनुको कारणबारे केही खुलाइएको छैन र अर्को मिति पनि दिइएको छैन । केही भारतीय सञ्चारमाध्यमले त्यहाँको सेन्सर बोर्डले प्रदर्शनको अनुमति फिर्ता लिएको जनाइएको छ ।

तर यसबारे सेन्सर बोर्डले आधिकारिक रुपमा केही बताएको छैन ।मौला जट्ट’ भारतमा रिलिज भएको भए सन् २०११ मा ‘बोल’पछि हलमा प्रदर्शन हुने यो पहिलो पाकिस्तानी फिल्म हुन्थ्यो । भारतमा ‘मौला जट्ट’को वितरणसम्बन्धी अधिकार जी स्टुडियोसँग छ । प्रदर्शन रद्द भएको विषयमा जी स्टुडियोका तर्फबाट पनि कुनै वक्तव्य आएको छैन ।मौला जट्ट’का अभिनेता फवाद खान र अभिनेत्री माहिरा खान पनि बलिउडमा चर्चित छन् । माहिराले सन् २०१७ मा शाहरुख खानको फिल्म ‘रईस’मा काम गरेकी थिइन् । फवादले बलिउडका धेरै चर्चित फिल्ममा अभिनय गरेका छन् ।

सन् २०१६ को उरी आक्रमणपछि इण्डियन मोसन पिक्चर्स एसोसिएसनले पाकिस्तानी कलाकार र गायकलाई भारतीय फिल्ममा काम गर्न प्रतिबन्ध लगाएको थियो । महाराष्ट्र राज्यमा शिवसेना र महाराष्ट्र नवनिर्माण सेनाले पाकिस्तानी कलाकारलाई काम गर्न नदिने र पाकिस्तानी कलाकारले अभिनय गरेको फिल्म प्रदर्शन गर्न नदिने धम्की पनि दिएका थिए ।कतिपय भारतीय मिडियाले मौला जट्टको विरोध गर्दै आएका छन् । त्यसको कारणका रूपमा फिल्मका अर्का अभिनेता हमजा अली अब्बासलाई उनीहरूले हाफिज सइदका समर्थक भएको आरोप लगाएका छन् । भारतले हाफिज सइदलाई मुम्बईमा भएको आतंककारी हमलाको मुख्य योजनाकार मान्दै आएको छ ।

 

सम्बन्धित खबर