LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

पोखरा । आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणको उपाधि संकटा क्लबले हात परेको छ । शनिबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको फाइनल खेलमा संकटाले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।संकटाको जितमा सुरजज्यू ठकुरी, मेस्सुके ओलामाउ र सुनिल बलले गोल गरे । विदेशी टिम भुटनिज युथ स्पोर्टस क्लबका तर्फबाट रेने स्यान्टिलन र विलिस ग्रिफिटले गोल गरे ।योसँगै आहारारामा दोस्रो पटक संकटाले उपाधि सुरक्षित गरेको छ । यसअघि संकटाले ०७७ को आहारारा गोल्डकपको उपाधि जितेको थियो । २ पटक फाइनल पुगेको संकटाले दुवै पटक विदेशी टिमको सामना गर्नुपरेको छ ।

०७७ मा संकटाले अफ्रिकन रुट्सलाई ट्राइब्रेकरमा पराजित गरेको थियो ।२२ औं संस्करणको आहारारा पोखरा गोल्डकपको फाइनल खेलमा पहिलो अग्रता संकटा लिएको थियो । संकटाका खेलाडी सुरजज्यू ठकुरीले खेलको ७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।संकटाका निशान खड्काले बायाँ कर्नर नजिकबाट दिएको लामो प्रहारलाई भुटनिजका गोल रक्षक तथा कप्तानसमेत रहेका पुजन थापा मगरले मुक्का प्रहार गर्दै बचाउने प्रयासमा थिए । तर, उनको हातबाट फुत्किएको रिबाउन्ड बललाई नै पुनः प्रहार गर्दै ठकुरीले गोलपोस्टको जाली चुमाए ।मेसुके ओलामाउले खेलको ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए ।

कर्नर किक पाएको संकटाका कप्तानसमेत रहेका सुनिल बलको प्रहारलाई ओलामाउले गोलमा परिणत गरेका थिए ।तर, खुसी लामो समयसम्म टिक्न सकेन । खेलको ३७ औं मिनेटमा रेने स्यान्टिलनले भुटनिजका लागि गोल गर्दै अग्रतालाई १–० को अन्तरमा ल्याएका थिए । लगत्तै संकटाले फेरि फ्रिकिको अवसर पाएको थियो । तर, स्टेफन बिनोङको बल पोस्टभन्दा बाहिर बाहिरिन पुग्यो ।खेलको ४७ औं मिनेटमा भुटनिजका थोमस स्याकरको हेडर प्रहारलाई संकटाका गोलरक्षक टिकेन्द्र थापाले बचाउने प्रयासमा थिए । तर, उनको हातबाट फुत्किएको बललाई पुनः हेडरबाटै भुटनिजका विलिस ग्रिफिटले फिनिसिङ दिएका हुन् ।

उनको गोलसँगै पहिलो हाफमै खेल २–२ गोलको बराबरीमा फर्किएको थियो ।खचाखच दर्शकको चर्को हुटिङमाझ खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । दुवै टिमले पटकपटक गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न भने चुके । निर्धारित समय बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।३० मिनेट थपिएको अतिरिक्त समयको दोस्रो हाफमा संकटाका मेसुके ओलामाउ र हेक्टर ओर्टेगा एकआपसमा जुध्दा केहीबेर स्थिति तनावपूर्णसमेत बनेको थियो । जसमा संकटाका मेसुके ओलामाउ र स्टेफन बिनोङ र भुटनिजका रेने स्यान्टिलनलाई रेफ्री प्रज्वल क्षेत्रीले पहेंलो कार्ड दिए ।थपिएको ३० मिनेटको समयको २६ औं मिनेटमा संकटामा हालै अनुबन्ध भएका कप्तान सुनिल बलले विपक्षीm पोस्टमा बल छिराउँदै जित सुनिश्चित गरेका हुन् ।

प्रतियोगिता विजेता संकटाले १२ लाख रुपैयाँ र उपविजेता भुटनिजले ६ लाख रुपैयाँ प्राप्त गरेका छन् । सहाराले यसै वर्षदेखि पुरस्कार राशीमा वृद्धि गरेको हो । आहारारा पोखराबाट नाम परिवर्तन गरेर ‘आहारारा पोखरा गोल्ड’ बनेको २२ औं संस्करणमा प्रथम पुरस्कारमा २ लाख र दोस्रो पुरस्कारमा एक लाख रुपैयाँ वृद्धि गरिएको हो ।बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा संकटाले साविक विजेतासमेत रहेको विभागीय टोली एपीएफलाई ४–१ को फराकिलो अन्तरले स्तब्ध गर्दै फाइनल यात्रा तय गरेको हो । बिहीबार भएको दोस्रो सेमिफाइनलमा अमेरिकी टिम भुटनिज युथले आहारारामा नवप्रवेशी टिम चर्च ब्वाइजलाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।

आहाराराको २२ औं संस्करणसम्म आइपुग्दा संकटा ६ पटकमात्रै सहभागी भएको छ । जसमा एक पटक उपाधि चुमिसकेको छ । संकटाले ०७७ को फाइनलमा विदेशी टोली अफ्रिकन रुट्सलाई पराजित गर्दै उपाधि जितेको थियो । उक्त खेल संकटाले ट्राइब्रेकरमा ४–२ ले जितेको थियो ।यता, पहिलो पटक फाइनल पुगेको अमेरिकी टिम भुटनिज युथको यो दोस्रो सहभागिता हो । अघिल्लो संस्करणमा पहिलो पटक भाग लिएको भुटनिज युथ क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।ए डिभिजन लिगको सातौं स्थानमा रहेको संकटाले यसपटकमात्रै ६ जना राष्ट्रिय खेलाडीलाई टिममा अनुबन्ध गरेको थियो । संकटाले राष्ट्रिय टिमका सुनिल बल, आयुष घलान, सुरजज्यू ठकुरी, गौतम श्रेष्ठ, निशान खड्का र टिकेन्द्र थापालाई टिममा अनुबन्ध गरेर पहिलोपटक प्रतियोगितामा भाग लिएको हो ।

आयोजक सहारा क्लबका अनुसार फाइनल खेल हेर्न ८ हजार जनाभन्दा बढी दर्शक रंगशालामा उपस्थित भएका थिए ।संकटाका कप्तानसमेत रहेका सुनिल बल उत्कृष्ट खेलाडी घोषित भएका छन् ।त्यस्तै, संकटाकै आयुष घलान उत्कृष्ट मिडफिल्डर हुँदा संकटाकै टीकेन्द्र थापा उत्कृष्ट गोल रक्षक र संकटाकै स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड बने ।संकटाकै सल्यान खड्गी उत्कृष्ट प्रशिक्षक घोषित हुँदा फ्लेयर प्ले धरान फुटबल क्बल र उत्कृष्ट डिफेन्डरको उपाधि भुटनिजका हेक्टर ओर्टेगाले पाएका छन् ।

 

सम्बन्धित खबर