LIVE
मधेश प्रदेश सरकारले मनाइयो बलिदानी दिवस | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ | प्रदेश पर्यटन सम्बन्धी विद्येयक पारित | प्रदेश सभामा सरकार विरुद्ध उत्रे सत्ता र प्रतिपक्षी दलका साँसदहरु | जय ट्रफी मधेश र बागमती प्रदेश बीचको खेल बराबरीमा सम्पन्न | नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार साह सर्वसहमत | जय ट्रफीमा मधेसका ब्याट्समैनहरु बागमतिबिरुद्ध निरिह, पहिलो पारी १०२ रनमै सीमित | चिसोको कारण मधेशका जिल्लाको जनवीवन प्रभावित | २५ पुसदेखि पहिलो पटक मधेशमा सरकारी स्तरबाट एमबिबिएसको पठपाठन हुदै | मधेशमा स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारीहरूको धर्ना जारी |

काठमाडौं । नेपाल क्रिकेट संघले पहिलोपल्ट आयोजना गरेको नेपाल टी–२० लिगको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्सबीच प्रतिस्पर्धा हुने भएको छ ।मंगलबार सम्पन्न दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले पराजित गरी विराटनगरले लुम्बिनीसँगको भेट निश्चित गरेको हो । आइतबार सम्पन्न पहिलो क्वालिफायरमा जनकपुरलाई नै हराएर लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १६८ रनको लक्ष्य पछ्याएको जनकपुर इनिङ्सको पाँच बल अगावै १२८ रनमा समेटियो । जनकपुरका लागि चाड्विक वाल्टनले सर्वाधिक ५१ रन बनाए ।

उनले ४७ बलमा ६ चौका प्रहार गरे ।ओपनर सराफउद्धिन असरफ ४ रनमा आउट भए पनि अर्का ओपनर तथा कप्तान ट्रेभोन ग्रिफिफ्तले २४ बलमा ३४ रन बनाए । खडक बोहोराले १४ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।बलिङतर्फ विराटनगरका कियोन जोसेपले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव र राज नननले समान २–२ विकेट लिए । हुसेन तलात र सुर्य तामाङले १ –१ विकेट लिए ।त्यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो ।उसका लागि ओपनर गौरान्सु शर्माले ४१ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४२ रन जोडे । अर्का ओपनर अर्जुन साउदले २६ बलमा २ चौका र छक्कासहित ३५ रन बनाए ।

कप्तान रोहित पौडेल ४ बलमा १ रन बनाउँदै समिमुल्लाह सेनवारीको बलमा सराफउद्धिन असरफको हातबाट क्याच आउट भए । हुसेन तलात २१ बलमा ३१ रन बनाउँदै क्याच भए । राज ननन् १८ बलमा ३ चौका र २ छक्कासहित ३३ रन बनाएर रनआउट भए ।विवेक कुमार यादव ७ बलमा ६ रन बनाउँदै क्याच आउट भए । अमर रौतेला ६ र पृथु बास्कोटा २ रनमा अविजित रहे ।बलिङमा जनकपुरका जितेन्द्र मुखियाले २ विकेट लिए । सराफउद्धिन असरफ, समिमुल्लाह सेनवारी र ललित राजवंशीले समान १–१ विकेट लिए ।विराटनगर र लुम्बिनीबीचको फाइनल खेल बुधबार त्रिवि मैदानमा हुनेछ ।

सम्बन्धित खबर