LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नावालिग बलात्कार आरोप लागेका राष्ट्रिय टिमको पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाबारे निर्णय गर्न कानून व्यवसायीहरुसँग छलफल गर्ने भएको छ ।बलात्कारको आरोपमा सन्दीप पक्राउ परेपछि क्रिकेट संघले लामिछानेलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो । उच्च अदालत, पाटनको २० लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि लामिछाने शुक्रबार मात्र रिहा भएका छन् ।सन्दीपका तर्फबाट मुद्दा लडिरहेका वकिल सरोजकृष्ण घिमिरेले जेलबाट रिहा भएपछि क्यानले सन्दीपलाई स्वतः कप्तानी फिर्ता दिनुपर्ने दाबी गरेका छन् ।क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले सन्दीपलाई टिममा फर्काउनेबारे नेपाली कानून व्यवसायी, अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी र यस्तै प्रकरणमा अन्य देशमा भएको अभ्यासबारे छलफल जारी रहेको बताएका छन् ।

अनलाइनखबरसँगको कुराकानीमा उनले भनेका छन्, ‘हामी कानून व्यवसायीसँग यसबारे बुझदैछौं । फैसलाको पूर्णपाठ पनि अध्ययन गर्नेछौं । अन्तर्राष्ट्रिय अभ्यास पनि बुझ्नेछौं ।’नेपाल क्रिकेटका लागि खेल्नु सार्वजनिक जीवनमा पर्ने भन्दै देशको कानून अध्ययन नगरी निष्कर्षमा पुग्न नसकिने सचिव मल्लको भनाइ छ । ‘देशको कानूनले यस्तो अवस्थामा सार्वजनिक जिम्मेबारी बहन गर्न रोक लगाएको छ÷छैन बुझ्नेछौं,’ मल्लले थपे, ‘यसबारे आईसीसीसँग पनि समन्वय हुनेछ ।’सन्दीपविरुद्ध २१ भदौमा नावालिग बलात्कारको आरोपमा प्रहरीमा उजुरी परेको थियो । त्यतिबेला बउनी राष्ट्रिय क्रिकेट टिमका कप्तान थिए ।

उजुरी परेको करिव एक महिनापछि असोज २० गते सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।त्यस लगत्तै नेपाल क्रिकेट संघले उनलाई राष्ट्रिय टिमबाट निलम्वन गरेको थियो । बलात्कार आरोपको प्रारम्भिक सुनुवाईपछि जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।बेरित आदेश बदरका लागि सन्दीपले मंसिर २९ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । सोही रिटको सुनुवाई गरी अदालतले विहीबार २० लाख धरौटी र थुप्रै सर्तहरु राखेर रिह ागर्न आदेश दिएको थियो ।अदालतको सो आदेश शुक्रबार कार्यान्वयन भएको छ ।

सम्बन्धित खबर