LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम । जनकपुरधाममा अगामी माघ १५ गतेदेखि विद्यालय स्त्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । हरिज स्पोर्टस जनकपुरधामको आयोजनामा अण्डर–१६ क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
क्रिकेट र जनकपुरधाममा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले रंगभुमी मैदान बाह्रविघामा प्रतियोगिता हुने आयोजक संस्थाका सञ्चालक तथा राष्ट्रिय क्रिकेट टिमका खेलाडी हरिशंकर साहले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा संस्थागत र सरकारी विद्यालयको टिम सहभागि हुने छन् । करिव १६ वटा टिमलाई चार समुहमा विभाजन गरी लिग प्रणालीमा प्रतियोगिता हुने छन् ।
सो भन्दा बढी टिमको सहभागिता भए छनौट खेल गरी लिगमा सहभागि गराइने आयोजक साहले बताए । डिउज बलले हुने खेल २० ओभरको खेलाइने छन् । प्रतियोगितामा खेलाडीहरुको प्रोत्साहनको लागि सबै विद्यामा पुरुस्कारको व्यवस्था गरिएको छ ।
राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट अवकास प्राप्त गरेका नविन सिंहले खेलमा बालबालिकाको रुचि बढाउन प्रतियोगिता हुन लागेको बताए । खेलले स्वास्थ्य र मानसिक रुपमा स्वस्थ्य बनाएको हुनाले बालबालिकालाई खेल अनिवार्य गर्नुपर्ने उनको जिकिर छ । पुरुस्कारको विषयमा तय नभएको र पछि आयोजक टिमले उचित व्यवस्था गरिने छन् ।

सम्बन्धित खबर