LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

काठमाडौं । महिलालाई प्रतिबन्ध लगाएको भन्दै अष्ट्रेलियन पुरुष क्रिकेट टिमले अफगानिस्तानसँगको सिरिज रद्ध गरेको छ ।महिलाको हक अधिकारमा प्रतिबन्ध लगाएको तालिबानको कार्यलाई खण्डन गर्दै अष्ट्रेलियाले एकदिवसीय सिरिज रद्ध गरेको हो ।महिला हक अधिकारलाई प्रतिबन्ध लगाएकोमा असन्तुष्ट जनाउँदै अष्ट्रेलिया सिरिजबाट पछि हटेको हो । त्रिकोणात्मक सिरिजमा आगामी मेमा अफगानस्तान, युएई र अष्ट्रेलियाबिच हुने तय भएको थियो । अष्ट्रेलियाले आफ्नो सरकारी निकायसँगको परामर्शमा सो सिरिज खेल्नबाट पछि हटेको हो ।क्रिकेट अष्ट्रेलिया सीएका अनुसार, तालिवानले महिलालाई लगाएको शिक्षा, रोजगार र अवसरमा लगाएको प्रतिबन्धको विरुद्धमा यो निर्णय लिइएको हो ।

सीए अफगानस्तानसहित विश्वभरीका महिला र पुरुषको खेलको समर्थन गर्छ । हामी महिलाहरुको स्थिती सुधार गर्न सदैव अफगानस्तानको क्रिकेट बोर्डसँग सहकार्य जारी राख्नेछौं’, क्रिकेट अष्ट्रेलियाले भनेको छ, ‘हामी यस विषयमा हामीलाई समर्थन र सहयोग गरेकोमा अष्ट्रेलियन सरकारप्रति कृतज्ञ छौं ।’अफगानस्तान क्रिकेट संघ एसीबीले भने, यस निर्णसयलाई निकै ‘दयनीय’ निर्णय रहेको बताएका छन् । एसीबीले यो निर्णयले नकरात्मक सन्देश जाने बताउँदै आएको छ ।यस विषयमा आइसीसीसँग कुरा गर्ने एसीबीले बताएको छ । अष्ट्रेलियाले भ्रमण रद्ध गरेको प्रतिशोभमा एसीबीले आफ्ना खेलाडीहरुलाई अष्ट्रेलियन बिग बास लिगमा जान दिने नदिनेबारे पनि विचार गर्ने चेतावनी दिएको छ ।आइसीसीले भने मेमा हुने बोर्डको बैठकमा यस विषयमा चर्चा गर्ने बताएको छ । २०२१ को बिचमा तालिवानले सत्ता कब्जा गरेपछि हाल अफगानस्तानको महिला खेलकुद ठप्प छ ।

 

सम्बन्धित खबर