LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । महिलालाई प्रतिबन्ध लगाएको भन्दै अष्ट्रेलियन पुरुष क्रिकेट टिमले अफगानिस्तानसँगको सिरिज रद्ध गरेको छ ।महिलाको हक अधिकारमा प्रतिबन्ध लगाएको तालिबानको कार्यलाई खण्डन गर्दै अष्ट्रेलियाले एकदिवसीय सिरिज रद्ध गरेको हो ।महिला हक अधिकारलाई प्रतिबन्ध लगाएकोमा असन्तुष्ट जनाउँदै अष्ट्रेलिया सिरिजबाट पछि हटेको हो । त्रिकोणात्मक सिरिजमा आगामी मेमा अफगानस्तान, युएई र अष्ट्रेलियाबिच हुने तय भएको थियो । अष्ट्रेलियाले आफ्नो सरकारी निकायसँगको परामर्शमा सो सिरिज खेल्नबाट पछि हटेको हो ।क्रिकेट अष्ट्रेलिया सीएका अनुसार, तालिवानले महिलालाई लगाएको शिक्षा, रोजगार र अवसरमा लगाएको प्रतिबन्धको विरुद्धमा यो निर्णय लिइएको हो ।

सीए अफगानस्तानसहित विश्वभरीका महिला र पुरुषको खेलको समर्थन गर्छ । हामी महिलाहरुको स्थिती सुधार गर्न सदैव अफगानस्तानको क्रिकेट बोर्डसँग सहकार्य जारी राख्नेछौं’, क्रिकेट अष्ट्रेलियाले भनेको छ, ‘हामी यस विषयमा हामीलाई समर्थन र सहयोग गरेकोमा अष्ट्रेलियन सरकारप्रति कृतज्ञ छौं ।’अफगानस्तान क्रिकेट संघ एसीबीले भने, यस निर्णसयलाई निकै ‘दयनीय’ निर्णय रहेको बताएका छन् । एसीबीले यो निर्णयले नकरात्मक सन्देश जाने बताउँदै आएको छ ।यस विषयमा आइसीसीसँग कुरा गर्ने एसीबीले बताएको छ । अष्ट्रेलियाले भ्रमण रद्ध गरेको प्रतिशोभमा एसीबीले आफ्ना खेलाडीहरुलाई अष्ट्रेलियन बिग बास लिगमा जान दिने नदिनेबारे पनि विचार गर्ने चेतावनी दिएको छ ।आइसीसीले भने मेमा हुने बोर्डको बैठकमा यस विषयमा चर्चा गर्ने बताएको छ । २०२१ को बिचमा तालिवानले सत्ता कब्जा गरेपछि हाल अफगानस्तानको महिला खेलकुद ठप्प छ ।

 

सम्बन्धित खबर