LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

काठमाडौं । तेस्रो एकदिवसीय क्रिकेटमा भारतले श्रीलंकामाथि ३१७ रनको फराकिलो जित हासिल गरेको छ ।आइतबार ३९१ रनको लक्ष्य पछ्याएको श्रीलंका जम्मा ७३ रन जोड्दा अलआउट भयो । यो एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै फराकिलो जित हो । यसअघि सन् २००८ मा न्युजिल्याण्डले आयरल्याण्डमाथि निकालेको २९० रनको जित सबैभन्दा फराकिलो थियो ।भारतका मोहम्मद सिराजले ४, मोहम्मद सामी र कुलदिप यादवले २।२ विकेट लिए ।श्रीलंकाका नुवानिदु फर्नान्डोले १९, कसुन राजिथाले नटआउट १३ र दसुन सनकाले ११ रन जोड्नुबाहेक अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले विराट कोहलीको नटआउट १६६ र शुभम गिलको ११६ रनको मद्दतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३९० रन जोडेको थियो ।भारतका श्रेयस ऐयरले ३८ र रोहित शर्माले ४२ रन रनको योगदान गरेका थिए । यो जितसँगै भारतले तीन खेलको श्रृङ्खला क्लिनस्वीप गरेको छ । पहिले एकदिवसीयमा भारत ६७ रनले विजयी भएको थियो भने दोस्रो एकदिवसीय ४ विकेटले जितेको थियो ।यसअघि तीन खेलको टी–२० श्रृङ्खला पनि भारतले २–१ ले जितेको थियो ।

 

सम्बन्धित खबर