LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

काठमाडौं । तेस्रो एकदिवसीय क्रिकेटमा भारतले श्रीलंकामाथि ३१७ रनको फराकिलो जित हासिल गरेको छ ।आइतबार ३९१ रनको लक्ष्य पछ्याएको श्रीलंका जम्मा ७३ रन जोड्दा अलआउट भयो । यो एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै फराकिलो जित हो । यसअघि सन् २००८ मा न्युजिल्याण्डले आयरल्याण्डमाथि निकालेको २९० रनको जित सबैभन्दा फराकिलो थियो ।भारतका मोहम्मद सिराजले ४, मोहम्मद सामी र कुलदिप यादवले २।२ विकेट लिए ।श्रीलंकाका नुवानिदु फर्नान्डोले १९, कसुन राजिथाले नटआउट १३ र दसुन सनकाले ११ रन जोड्नुबाहेक अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले विराट कोहलीको नटआउट १६६ र शुभम गिलको ११६ रनको मद्दतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३९० रन जोडेको थियो ।भारतका श्रेयस ऐयरले ३८ र रोहित शर्माले ४२ रन रनको योगदान गरेका थिए । यो जितसँगै भारतले तीन खेलको श्रृङ्खला क्लिनस्वीप गरेको छ । पहिले एकदिवसीयमा भारत ६७ रनले विजयी भएको थियो भने दोस्रो एकदिवसीय ४ विकेटले जितेको थियो ।यसअघि तीन खेलको टी–२० श्रृङ्खला पनि भारतले २–१ ले जितेको थियो ।

 

सम्बन्धित खबर