LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

काठमाडौं । निर्देशक शोभित बस्नेतले आफ्नो आगामी फिल्म ‘जय हो’का लागि कलाकारको जम्बो टोली तयार पार्दैछन् । प्रमुख भूमिकामा अर्पण थापा र सलोन बस्नेत भइसकेका छन् भने सोमबार ‘कबड्डी’ फेम्ड अभिनेता माओत्से गुरुङ पनि फाइनल भएका छन् ।अभिनेता शिव श्रेष्ठको उपस्थितिमा निर्माता बस्नेत र कलाकार गुरुङबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । फिल्मका तीन हिरोमध्ये माओत्से एक भूमिकामा हुने शोभितले जानकारी दिए । कमेडी लभस्टोरी फिल्मको छायांकन फागुन दोस्रो सातादेखि हिमालपारिको जिल्ला मुस्ताङदेखि सुरु गर्ने तयारी छ ।सम्झौता गर्ने बेला शिव उपस्थित भए पनि फिल्ममा उनको संलग्नताबारे शोभितले थप खुलाउन चाहेनन् ।

अभिनेता गुरुङले पनि फिल्ममा आफ्नो प्रमुखमध्येको भूमिका भएको अनलाइनखबरलाई बताए । ‘स्क्रिप्ट पढ्दा चित्त बुझ्यो र काम गर्ने सहमति जनाएँ । यसमा पनि मेरो प्रमुखमध्येको एक रोल छ,’ माओत्सेले भने ।फिल्मलाई टेक पौरखीले राईले निर्देशन गर्ने जनाइएको छ । फिल्म छायांकनले मुस्ताङको पर्यटन विकास हुने आशा आफूहरुले लिएको पनि निर्माता बस्नेतले बताए । फिल्ममा साइन गर्नका लागि पोखरादेखि काठमाडौं आइपुगेका माओत्सेले अर्को एक फिल्ममा साइन गर्ने तयारी पनि गरेका छन् । पोखराको गुरुङ फिल्मसहित नेपाली भाषाका फिल्ममा पनि सक्रिय रहेका माओत्सेले हालै दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा समेत छोटो अभिनय गरेका थिए ।माओत्से अभिनित पछिल्लो फिल्म ‘प्रेमगीत ३’ले विश्वव्यापी प्रशंसा बटुलेको थियो ।

सम्बन्धित खबर