LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । निर्देशक शोभित बस्नेतले आफ्नो आगामी फिल्म ‘जय हो’का लागि कलाकारको जम्बो टोली तयार पार्दैछन् । प्रमुख भूमिकामा अर्पण थापा र सलोन बस्नेत भइसकेका छन् भने सोमबार ‘कबड्डी’ फेम्ड अभिनेता माओत्से गुरुङ पनि फाइनल भएका छन् ।अभिनेता शिव श्रेष्ठको उपस्थितिमा निर्माता बस्नेत र कलाकार गुरुङबीच लिखित सम्झौतामा हस्ताक्षर भएको छ । फिल्मका तीन हिरोमध्ये माओत्से एक भूमिकामा हुने शोभितले जानकारी दिए । कमेडी लभस्टोरी फिल्मको छायांकन फागुन दोस्रो सातादेखि हिमालपारिको जिल्ला मुस्ताङदेखि सुरु गर्ने तयारी छ ।सम्झौता गर्ने बेला शिव उपस्थित भए पनि फिल्ममा उनको संलग्नताबारे शोभितले थप खुलाउन चाहेनन् ।

अभिनेता गुरुङले पनि फिल्ममा आफ्नो प्रमुखमध्येको भूमिका भएको अनलाइनखबरलाई बताए । ‘स्क्रिप्ट पढ्दा चित्त बुझ्यो र काम गर्ने सहमति जनाएँ । यसमा पनि मेरो प्रमुखमध्येको एक रोल छ,’ माओत्सेले भने ।फिल्मलाई टेक पौरखीले राईले निर्देशन गर्ने जनाइएको छ । फिल्म छायांकनले मुस्ताङको पर्यटन विकास हुने आशा आफूहरुले लिएको पनि निर्माता बस्नेतले बताए । फिल्ममा साइन गर्नका लागि पोखरादेखि काठमाडौं आइपुगेका माओत्सेले अर्को एक फिल्ममा साइन गर्ने तयारी पनि गरेका छन् । पोखराको गुरुङ फिल्मसहित नेपाली भाषाका फिल्ममा पनि सक्रिय रहेका माओत्सेले हालै दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा समेत छोटो अभिनय गरेका थिए ।माओत्से अभिनित पछिल्लो फिल्म ‘प्रेमगीत ३’ले विश्वव्यापी प्रशंसा बटुलेको थियो ।

सम्बन्धित खबर