LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

काठमाडौं । कर्णाली प्रदेशमाथि १० विकेटको जितसहित प्रदेश १ टिम प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।समूह बीमा रहेको प्रदेश १ शतप्रतिशत जितका साथ समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । कर्णाली भने प्रतियोगितामा जितविहीन हुँदै बाहिरिएको छ ।यो समूहबाट लुम्बिनी र मधेशबीचको विजेता टिम समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्नेछ । यो खेल बुधबार हुनेछ ।समूह ए बाट एपीएफ र सुदूरपश्चिम यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । समूहको विजेता छुट्टयाउन यी दुई टिमबीचको खेल मंगलबारै हुँदैछ ।इटहरीको जनता क्रिकेट मैदानमा खराव मौसमका कारण ११ ओभरमा छोट्याइएको खेलमा प्रदेश १ ले ४० रनको लक्ष्य पाएको थियो ।

प्रदेश १ ले ४।५ ओभरमै विना क्षति विजय भेट्टाएको हो ।उसका लागि ओपनरद्वय काजल श्रेष्ठले १५ बलमा अविजित १३ रन तथा कप्तान रुविना क्षेत्रीले १४ बलमा ३ चौका र १ छक्कासहित अविजित २२ रन जोडिन् । प्रदेश १ ले ५ रन अतिरिक्त पाएको थियो ।त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ११ ओभरमा ५ विकेट गुमाएर ३९ रनको योगफल बनाएको थियो । उसका लागि रमा बुढाथोकीले सर्बाधिक १८ रन जोड्नि । अन्तिम ओभरमा रनआउट हुनुअघि उनले २९ बलमा १ चौका प्रहार गरिन् । कर्णालीका अरु कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।बलिङमा ज्योति दनवार, रुविना क्षेत्री, संगीता राई र काजोल राजवंशीले १–१ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेकी कप्तान रुविना खेलको प्लेयर अफ द म्याच बनिन् ।

सम्बन्धित खबर