LIVE
ऐलानी जग्गा अतिक्रमणको आरोपमा झडप, १६ सेल अश्रुग्यास प्रहार | विशेष महाधिवेशनमा सहभागी नहुन मधेसका जिल्ला सभापतिहरुको आग्रह | सरकारी मुल्यले किसान उत्साहित, तर कोटा सिमित हुदाँ सुविधानबाट वञ्चित अधिकांश किसान | आगो ताप्न पालिकाद्वारा चोक चोकमा दाउरा वितरण | मधेशबाट राष्ट्रिय सभा सदस्यमा ४ सिटका लागि ११ जनाको उम्मेदवारी | धनुषामा भाइचारा र शान्ति कायम गर्ने सर्वपक्षीय बैठकको निर्णय | मधेशमा भाईचारा र सामाजिक एकता कायम राख्न प्रदेश प्रमुख लाभको अपिल | मधेशमा भाईचारा र सामासजक एकता कायम राख्न प्रदेश प्रमुख लाभको अपिल | मधेश प्रदेशलाई हचुवाको भरमा साक्षर प्रदेश घोषणा गर्ने तयारी | मस्जिदमा तोडफोड तथा पवित्र कुरान जलाइएको घटनाको विरोधमा मुस्लिम समुदाय |

काठमाडौं । शाहरुख खान स्टारर ‘पठान’ले नेपाली बक्स अफिसमा आक्रामक कमाइ गर्ने देखिएको छ । आगामी बुधबारदेखि रिलिज तयारीमा रहेको फिल्मले विकडेजमा समेत नेपालमा १ करोड हारहारीमा ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।शुक्रबार रातीदेखि मल्टिप्लेक्सले एड्भान्स टिकट विक्री खुला गरेका छन् । शनिबार बिहानसम्म ४० देखि ५० प्रतिशत अकुपेन्सीसहितको टिकट विक्री भैसकेको छ । यो ट्रेन्ड हेर्दा शनिबार बेलुकासम्म बुधबारको टिकट विक्री शतप्रतिशत हुने अनुमान गरिएको छ ।टिकट विक्रीको ट्रेन्ड, हाइप र अन्य नयाँ फिल्म रिलिज नहुँदाका पक्षलाई हेर्दा बुधबार नै फिल्मले १ करोड हारहारीमा कमाइ गर्ने देखिन्छ । विकडेजमै फिल्मले करोड कमाउन सक्नु ब्यवसायको हिसाबले आकर्षक कमाइ हो । विहिबार पनि फिल्मले ९० लाखदेखि १ करोडसम्म कमाउन सक्ने प्रक्षेपण गर्न सकिन्छ ।

शुक्रबार र शनिबारको कमाइ एकदेखि डेढकरोडको बीचमा हुनसक्ने प्रक्षेपण गरिएको छ । जसअनुसार ‘पठान’ले चार दिनमा नेपाली बक्स अफिसमा साढे ४ करोडदेखि ५ करोडसम्मको कमाइ गर्न सक्छ । चारवर्षपछि शाहरुख खानको फिल्म रिलिज हुन लागेकाले पनि दर्शकमाझ यसलाई लिएर ब्यापक पर्खाइ छ ।यसैबीच, अभिनेता खानले शुक्रबार एक भिडियो सन्देश जारी गर्दै हलमा गएर ‘पठान’ हेरिदिन नेपाली दर्शकलाई आग्रह गरेका छन् । उनले नेपाली फ्यान र दर्शकप्रति आफ्नो माया रहेको समेत सन्देश दिएका छन् । पठानको नेपाल वितरकले मिडियालाई उपलब्ध गराएको भिडियो सन्देशमा शाहरुखले यस्तो सन्देश व्यक्त गरेका हुन् ।

सम्बन्धित खबर