LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाडौं । शाहरुख खान स्टारर ‘पठान’ले नेपाली बक्स अफिसमा आक्रामक कमाइ गर्ने देखिएको छ । आगामी बुधबारदेखि रिलिज तयारीमा रहेको फिल्मले विकडेजमा समेत नेपालमा १ करोड हारहारीमा ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।शुक्रबार रातीदेखि मल्टिप्लेक्सले एड्भान्स टिकट विक्री खुला गरेका छन् । शनिबार बिहानसम्म ४० देखि ५० प्रतिशत अकुपेन्सीसहितको टिकट विक्री भैसकेको छ । यो ट्रेन्ड हेर्दा शनिबार बेलुकासम्म बुधबारको टिकट विक्री शतप्रतिशत हुने अनुमान गरिएको छ ।टिकट विक्रीको ट्रेन्ड, हाइप र अन्य नयाँ फिल्म रिलिज नहुँदाका पक्षलाई हेर्दा बुधबार नै फिल्मले १ करोड हारहारीमा कमाइ गर्ने देखिन्छ । विकडेजमै फिल्मले करोड कमाउन सक्नु ब्यवसायको हिसाबले आकर्षक कमाइ हो । विहिबार पनि फिल्मले ९० लाखदेखि १ करोडसम्म कमाउन सक्ने प्रक्षेपण गर्न सकिन्छ ।

शुक्रबार र शनिबारको कमाइ एकदेखि डेढकरोडको बीचमा हुनसक्ने प्रक्षेपण गरिएको छ । जसअनुसार ‘पठान’ले चार दिनमा नेपाली बक्स अफिसमा साढे ४ करोडदेखि ५ करोडसम्मको कमाइ गर्न सक्छ । चारवर्षपछि शाहरुख खानको फिल्म रिलिज हुन लागेकाले पनि दर्शकमाझ यसलाई लिएर ब्यापक पर्खाइ छ ।यसैबीच, अभिनेता खानले शुक्रबार एक भिडियो सन्देश जारी गर्दै हलमा गएर ‘पठान’ हेरिदिन नेपाली दर्शकलाई आग्रह गरेका छन् । उनले नेपाली फ्यान र दर्शकप्रति आफ्नो माया रहेको समेत सन्देश दिएका छन् । पठानको नेपाल वितरकले मिडियालाई उपलब्ध गराएको भिडियो सन्देशमा शाहरुखले यस्तो सन्देश व्यक्त गरेका हुन् ।

सम्बन्धित खबर