LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । विवादास्पद नेपाल टी–२० क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको पुष्टि भएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९ देखि २७ पुससम्म भएको लिगको सुरुवाती चरणका केही खेलमा ‘स्पट फिक्सिङ’ भएको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले जनाएको छ ।सीआईबीका निर्देशक उत्तमराज सुवेदी भन्छन्, ‘खेलका निश्चित गतिविधिमा केही नेपाली र भारतीय खेलाडीसँग लेनदेन गरेको अनुसन्धानबाट देखिएको छ ।’उनका अनुसार सट्टेबाजी ९बेटिङ० बाट असूली गर्ने उद्देश्यले ‘म्याच फिक्सिङ’ गराउने प्रयास भएको थियो ।

‘क्रिकेटमा खेल नै फिक्सिङ गर्न गाह्रो विषय हो, यद्यपि म्याच नै फिक्सिङ गर्ने प्रयास समेत भएको देखियो’, उनले भने ।फिक्सिङका लागि आफ्ना खेलाडीहरुलाई अफर आएको भन्दै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराएको थियो । प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए ।

त्यसपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पनि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।लगत्तै सीआईबीले प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थालेको थियो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार हालसम्मको अनुसन्धानले आयोजक नेपाल क्रिकेट संघ ९क्यान० को व्यापारिक र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्कै संलग्नतामा स्पट फिक्सिङ भएको देखिएको छ । ‘

खेलकै गतिविधिमा प्रभाव पार्ने उद्देश्य भएपनि हल्लाखल्ला भएर सम्भव भएन’, उनले भने । खेल जारी रहेकै बेला सीआईबी अनुसन्धान सुरु भएपछि कम्पनीका सञ्चालक भारतीय नागरिक जतिन अहवलालिया भागेर भारत गएका थिए ।क्यानले ८ वर्षका लागि विवादास्पद सेभेन थ्री स्पोर्टस््लाई टी–२० लिग आयोजनाको जिम्मा दिएको थियो । यो कम्पनीको प्रबन्ध पत्रमै ‘सेट्टेबाजी गराउने र जुवा घरहरु सञ्चालन गर्ने’ उल्लेख छ । प्रतियोगिताभर खेल मैदानमा ‘वान एक्स ब्याट’को मात्रै विज्ञापन थियो । यसलाई अनलाइन पोर्टल भनिए यसको नाम सट्टेबाजीका लागि चर्चित वेवसाइट ‘वान एक्स वेट’सँग मिल्दोजुल्दो छ ।

वान एक्स वेट प्रतिबन्धित भएकाले वान एक्स ब्याटका नामबाट प्रचार गरिएको हो’, प्रहरी अधिकृतहरु भन्छन्, ‘सुरुवाती दिनमा वान एक्स ब्याट क्लिक गर्दा पनि वान एक्स बेटमा जाने बनाइएको थियो ।’खेलमा सबै टिमबाट गरेर ५६ नेपाली र ३४ जना विदेशी खेलाडी सहभागी थिए । तीमध्ये चार जना विदेशी र तीन जना नेपाली खेलाडीलाई शंकाको मुख्य घेरामा प्रहरीले राखेको थियो ।हाल आईसीसी क्रिकेट काउन्सिलको एन्टी करप्सन युनिट ९एसीयू० ले पनि आफ्नो रिपोर्ट प्रहरीलाई बुझाइसकेको छ । त्यसमा खेलहरुको प्राविधिक विश्लेषण गरिएको छ ।

 

सम्बन्धित खबर