LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति चुनावका विषयमा नेताहरुको धारणा माग गरेका छन् ।बिहीबार सुरु भएको स्थायी समिति बैठकमा उनले राष्ट्रपति निर्वाचनमा पार्टीले के निर्णय लिने भन्ने विषयमा धारणा मागेका एक स्थानीय समिति सदस्यले बताए ।‘सरकार निर्माण गर्दा एमालेले राष्ट्रपति लिने बुझाइ बनेको थियो,’ बैठकमा प्रचण्डको भनाइ उधृत गर्दै ती स्थायी समिति सदस्यले भने, ‘तर, यसबारे अहिले गम्भीर प्रश्नहरु उठिरहेका छन् । यसबारे के गर्ने भन्नेमा तपाईंहरुले राय दिनुपर्छ । यही समितिबाट केही न केही निर्णय गर्नुपर्छ ।’

नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बने पनि प्रचण्डलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको थियो ।त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरुको बैठक बोलाएर राष्ट्रपति चुनावका विषयमा छलफल गरेका थिए । माओवादीका कतिपय नेताहरुले राष्ट्रिय सहमतिमा आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताएका छन् ।बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै स्थायी समिति सदस्य देवेन्द्र पौडेलले यसमा कांग्रेससित समेत सहमति खोज्नुपर्ने बताए ।

सम्बन्धित खबर