LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति चुनावका विषयमा नेताहरुको धारणा माग गरेका छन् ।बिहीबार सुरु भएको स्थायी समिति बैठकमा उनले राष्ट्रपति निर्वाचनमा पार्टीले के निर्णय लिने भन्ने विषयमा धारणा मागेका एक स्थानीय समिति सदस्यले बताए ।‘सरकार निर्माण गर्दा एमालेले राष्ट्रपति लिने बुझाइ बनेको थियो,’ बैठकमा प्रचण्डको भनाइ उधृत गर्दै ती स्थायी समिति सदस्यले भने, ‘तर, यसबारे अहिले गम्भीर प्रश्नहरु उठिरहेका छन् । यसबारे के गर्ने भन्नेमा तपाईंहरुले राय दिनुपर्छ । यही समितिबाट केही न केही निर्णय गर्नुपर्छ ।’

नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बने पनि प्रचण्डलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको थियो ।त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरुको बैठक बोलाएर राष्ट्रपति चुनावका विषयमा छलफल गरेका थिए । माओवादीका कतिपय नेताहरुले राष्ट्रिय सहमतिमा आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताएका छन् ।बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै स्थायी समिति सदस्य देवेन्द्र पौडेलले यसमा कांग्रेससित समेत सहमति खोज्नुपर्ने बताए ।

सम्बन्धित खबर