LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । सर्वाेच्च अदालतले नागरिकता विवादसम्बन्धी मुद्दामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकताका लागि प्रक्रिया थाल्नुपर्ने फैसला गरेको छ । शुक्रवार कायममुकायम (कामु) प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले यस्तो फैसला सुनाएको हो । यससँगै उपप्रधान तथा गृहमन्त्रीको लामिछानेको सांसद् पदसमेत गुमेको छ । अब उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य समेत रहने छैनन् । संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश कार्कीसँगै न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका थिए ।

गत पुस २२ गते संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ गते (गत बुधवार) पूर्ण सुनुवाईका लागि पेस गर्न आदेश गरेको थियो । गत बुधबार उक्त मुद्दामा सुनुवाई भएपनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । लामिछानेमाथि अमेरिकाको नागरिकता त्यागेपछि नेपालको नागरिकता लिने प्रक्रिया पूरा नगरेर उनले २०५० सालमा लिएको नागरिकता प्रयोग गरिरहकाले उनको सांसद् पद खारेजको माग गर्दै सर्वाैच्चमा रिट दायर गरिएको थियो ।

सम्बन्धित खबर