LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । तर बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछानेलाई भने समावेश गरिएको छैन ।लामिछानेविरुद्ध बलात्कारको उजुरी परेपछि २० असोजमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर त्यसविरुद्ध लामिछानेले गरेको पुनरावेदनमा उच्च अदालत, पाटनले २० लाख धरौटीमा सर्शत रिहा गर्न आदेश दियो । त्यसअनुसार उनी २९ पुसमा थुनामुक्त भएका छन् ।

उनी थुनामुक्त भएपछि क्रिकेट संघका पदाधिकारीहरुले खेलमा फर्काउने विषयमा छलफल गरेका थिए । बिहीबार मात्र क्रिकेट संघका पदाधिकारीहरुले लामिछानेको निलम्बन फुकावा गरेर खेलमा फर्काउने विषयमा परामर्श भइरहेको बताएका थिए । तर शुक्रबार घोषित प्रारम्भिक टोलीमा उनी अटाएनन् ।स्कटल्याण्ड र नामिबिया सहितको त्रिकोणात्मक सिरिजका लागि बोलाइएका क्रिकेटरमा मौसम ढकाल, अन्कित सुवेदी र सूर्य तामाङ नयाँ अनुहार छन् ।

यस्तै कुलश भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी, विनोद भण्डरी, सागर ढकाल र सन्दीप जोरा छन् ।यसैगरी किशोर महतो, कमल सिंह ऐरी, सिद्धान्त लोनही, अर्जुन चन्द, अभिनाथ बोहोरा, विवेक यादव, भीम सार्की, कुशल मल्ल, अनिलकुमार साह, विक्रम शोब र भुवन सार्कीलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।मनोज प्रभाकरले डेब्यु गराएका हरिशंकर साह र राष्ट्रिय टिममा भित्र्याएका नन्दन यादव यो सूचीमा परेनन् ।

सम्बन्धित खबर