LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । घरेलु फिल्मका दुई अग्रणी पेसागत संस्थाहरु चलचित्र संघ र निर्माता संघबीचको चरणबद्ध वार्ता सुरु भएको छ । वार्ताको पहिलो दिन बुधबार दुवै पक्षबीच केही बुँदामा महत्वपूर्ण समझदारी भएको छ । चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका समकक्षी सुनिलकुमार थापाले वार्ताको नेतृत्व गरेका थिए ।दुवै महासचिवले अनलाइनखबरलाई दिएको जानकारी अनुसार निर्माताले १५ दिनसम्म तीन मिनेटसम्मका ट्रेलरलाई हलमा निःशुल्क देखाउन पाउनेछन् भने हलभित्र टाँसिएका पोस्टरको शुल्क पनि तिर्नुपर्ने छैन । निर्माता संघको यो मागमा चलचित्र संघ सकारात्मक बनेपछि निर्मातालाई राहत पुगेको ठानिएको छ ।

चलचित्र संघका महासचिव महर्जनले समझदारीलाई आगामी चरणका वार्तामा मूर्तरुप दिइने बताए । ‘मोटामोटी समझदारी भएको छ । आगामी वार्तामा यसबारे लिखित सहमति हुन्छ । अन्य कुरामा छलफल हुन्छ र ड्राफ्ट तयार पार्छौं,’ महर्जनले अनलाइनखबरसँग भने । निर्माता संघको हालैको राष्ट्रिय भेलाले केही सुझाव दिंदै चलचित्र संघसँग वार्ता गर्न म्यान्डेट दिएको थियो ।सेयर बाँडफाँटलाई पनि निर्माता संघले मुख्य मुद्दाको रुपमा अघि सारेको छ । बुधबारको वार्तामा क्यूएफएक्सका प्रतिनिधि नआएपछि वार्ता अर्को चरणमा प्रवेश गरेको निर्माता संघका वार्ताकारले जानकारी दिए ।

सम्बन्धित खबर