LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

काठमाडौं । विश्वकप विजेता अर्जेन्टिनी कप्तान लियोन मेस्सी र फ्रेञ्च फरवार्ड केलियन एम्बाप्पेबीच पेरिस सेन्ट जर्मेनका ‘टिममेट’ हुन् ।विश्वकपका मेसीको अर्जेन्टिनाले एम्बाप्पेको फ्रान्सलाई हराउँदै विश्वकप ट्रफी उचालेको थियो ।त्यसैले विश्वकपपछि धेरै समर्थकहरुले पीएसजीका यी दुई फरवार्डको सम्बन्धमा दरार आउने आकलन गरेका थिए ।अर्जेन्टिनी गोलरक्षक इलिमियानो मार्टिनेजले ड्रेसिङ रुममा एम्बाप्पेको मजाक बनाएपछि उनीहरुको सम्बन्ध बिग्रने अड्कल गरिएको थियो ।

यसविषयमा केलियन एम्बाप्पेले पहिला पनि मिडियामा मेसीसँग आफ्नो सम्बन्धका बारेमा बोलिसकेका छन् । यसमा उनले सम्बन्ध नबिग्रिएको र कुनै तेस्रो व्यक्तिले के गर्छन त्यसले असर नपरेको बताएका थिए ।यसमा ३५ वर्षीय मेसीले पनि यसहप्ता भएको भेटमा आफूहरुबीच कुनै पनि किसिमको समस्या नरहेको बताएका हुन् ।

मेसीसँग सम्बन्धको बारेमा सोध्दा उनले भने, ‘म त्यतिबेला पीएसजीको लागि छुट्टीमा थिएँ । यो कुरा अर्जेन्टिनामा कसरी खुसीयाली मनाइन्छ भन्ने कुरा थियो । हामीले यसको बारेमा र खेलको बारेमा कुरा गरिसकेका छौं । अन्य कुनै पनि कुरा थिएन र छैन । सबैकुरा एकदम राम्रो छ ।’मेसीले एम्बाप्पेको त्यसक्षणका बारेमा धेरै बोल्न चाहेनन् । किनभने उनी आफैंमा पनि २०१४ को विश्वकप फाइनलमा हार बेहोरेको अनुभव छ ।

‘म अर्को पक्षमा थिएँ । मलाई विश्वकप हारेको अनुभव पनि थियो । मलाई उसलाई के भइरहेको छ भन्ने थाहा थिएन । म त्यो बेला विश्वकपसँग केही पनि गर्न चाहन्न थें’, पूर्व बार्सिलोनास्टारले भने, ‘त्यसैले पनि मलाई यसको बारेमा धेरै बोल्नु छैन । तर सच्चाइ यहि नै हो कि म र केलियनबिच केही पनि समस्या छैन । हरेक आकलनको विपरीत छ ।’मेसीले विश्वकपपछि पीएसजीमा फर्किएर ४ खेलमा २ गोल गरेका छन् । पीएसजी लिग वानमा मार्सलेभन्दा ५ अंकमाथि रहँदै शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित खबर