LIVE
कार्यसम्पादनमा सबैभन्दा कमजोर मधेश प्रदेश, सयमा २७.२८ अंक मात्रै | ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु | आफ्नैको चेपुवामा डा.सिके राउत, उपेन्द्रको उत्ताधिकारी उमेश बने मुख्य प्रतिस्पर्धि | नेपाल टिम इङ्गल्याण्डसँग ४ रङले पराजित | श्रीरामजानकी क्रिकेट रंशाला निर्माणलाई अगाडी बढाउने निधीको प्राथमिकता | | सप्तरीको रुपनीमा शंकास्पद वस्तु विस्फोृट हुदाँ ४ जना बालक घाईते | जिल्ला निर्वाचन कार्यालयको कडा निर्देशन आचारसंहिता उल्लङ्घन गरे उम्मेदवारी खारेजसम्म हुसक्छ | नेपालको चुनावलाई लक्षित गरि भारतीय प्रहरीले सिमावर्ती क्षेत्रमा बढाए निगरानी | रौतहटमा रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीको ठक्करबाट बालिकाको मृत्यु |

काठमाडौं । नेपाली क्रिकेटरहरु लिग टु अन्तर्गत नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने त्रिकोणात्मक शृंखलाका लागि बन्द प्रशिक्षणमा छन् । लामो समयदेखि नेपाली क्रिकेटसँग परिचित मोन्टी देशाई नयाँ प्रशिक्षकका रुपमा आएका छन् । उनले २ फागुनदेखि सुरु हुने खेलका लागि नेपाली टोलीलाई तयार गर्न मिहिनेत गरिरहेका छन् । तर नेपाल टी–२० लिगको स्पट फिक्सिङ प्रकरणले क्रिकेटरहरुको मथिंगल नराम्रोसँग हल्लाएको छ ।नेपाल त्रिकेट संघ (क्यान) आफैंले आयोजना गरेको टी–२० लिगमा नेपाली क्रिकेटर पहिलोपटक स्पट फिक्सिङमा मुछिएका छन् । क्रिकेट संघले रणनीतिक तथा व्यापारिक साझेदारका रुपमा भित्र्याएको सेभेन थ्री स्पोर्ट्सका सञ्चालक र कतिपय फ्रेन्चाइज टिमका व्यवस्थापक स्पट फिक्सिङमा संलग्न थिए । उनीहरुको योजनामा साथ दिएको आरोपमा पूर्वक्रिकेटर मेहबुब आलम र युवा क्रिकेटर आदिल अन्सारी ९ माघदेखि प्रहरी हिरासतमा छन् ।

नेपाली टिममा रहेका कतिपय खेलाडी महबुब आलम र उनकै पुस्ताका क्रिकेटरहरुलाई पछ्याउँदै यो खेलमा आएका थिए । नेपाली क्रिकेटका सफल अलराउण्डर आलमले २००८ मा मोजाम्बिकविरुद्ध १० विकेट लिएर कीर्तिमान बनाएका थिए । त्यसयता नेपाली क्रिकेटमा उनको नाम बारम्बार आइरह्यो । १९ वर्षका आदिल धेरैका साथी हुन् भने सिनियरहरुका भाइ । उनीहरु नै स्पट फिक्सिङमा मुछिएपछि धेरै क्रिकेटर झस्किएका छन् ।स्पट फिक्सिङमा मुछिएपछि प्रहरी हिरासतमा रहेका मेहबुब आलम र आदिल अन्सारी स्पट फिक्सिङबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । सीआईबीले औपचारिक रुपमा त केही बोलेको छैन, तर नेपाल टी–२० मा गरेको प्रदर्शनलाई लिएर केही क्रिकेटरको नाम चर्चा हुने गरेको छ । यसले क्रिकेटरहरुलाई कुनै पनि बेला यस्तो आरोप आफूमाथि पनि लाग्ने त होइन भन्ने त्रास बढेको छ । उनीहरुको मनमा डरले डेरा जमाएको छ ।

सम्बन्धित खबर