LIVE
जनकपुरधाममा दिपावलीको धुमधाम | थाला परेको मधेशको अर्थतन्त्रलाई चाडपर्वले बनायो चलायमान | गाजामा आर्तनादको भयानक दृश्य,जुन एउटी नर्सले फोनमा रेकर्ड गरिन् | सिरहामा एक मलेसियन नागरिकसहित चारजनालाई पक्राउ | राष्ट्र संघबाट इजरायललाई हटाइनुपर्छ  | हिलोमा चिप्लेर हुने सवारी दुर्घटना रोक्न वर्षामै चालकहरुलाई सर्तक गराउँदै धनुषा ट्राफिक प्रहरी | जनकपुरधामसहित धनुषाको ट्राफिक व्यवस्ता चुस्त बनाउन प्रमुख वलीको सक्रियता | मुस्लिमसहित समग्र महिलाको विकास बिना प्रदेश सम्वृद्ध हुदैन ः मन्त्री जयसवाल | मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको उपल्बधी | धनुषा प्रहरी हिरासतबाट भागेका सबै थुनुवा पक्राउ , घटना छानबिनको लागि समिति गठन |

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानकोे महिला टिमको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट)मा खेलाडी कटौती गर्ने निर्णय आलोचित बनेको छ । बुधबार सम्पन्न क्यानको बैठकले महिला टिममा १२ जना खेलाडीलाई मात्र सेन्ट्रल कन्ट्रयाक्टमा राख्ने निर्णय गरेको थियो ।महिला खेलाडीका लागि बजेट नभएको तर्क गर्ने क्यानले क्रिकेट सेन्ट्रल कन्ट्रयाक्टमा ६ खेलाडी कटौती गरी महिला क्रिकेट आफ्नो प्राथमिकतामा नपरेको सन्देश दिन खोजेको छ । सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका खेलाडी भने क्यानले आफूहरुको भविष्य अन्योलमा पारेको भन्दै दुखेसो गर्छन् ।

राष्ट्रिय टिमका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरी महिला क्रिकेटबाट नतिजा निस्कन नसकेका कारण सेन्ट्रल कन्ट्र्याकमा रहने खेलाडीको संख्यामा कटौती गरिएको तर्क गर्छन् ।सेन्ट्रल कन्ट्र्याक्ट सहज विषय नभएको भन्दै उनले थपे, ‘महिलाको प्रतियोगिता कम छ, नतिजा निस्किएको छैन । ‘महिलाहरुका लागि छुट्टै बजेट आउँदैन । केटाहरुका लागि आएको रकम छुट्याउने गरिएको छ,’ चौधरीले अनलाइनखबरसँग भने ।
अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शनका लागि खेलाडीलाई प्रोत्साहित गर्नुपर्ने आफ्नो जिम्मेवारी बिर्सेर क्यान खेलाडीको सुविधा कटौतीमा लागि परेको छ । पुरुषकै समान नतिजाको अपेक्षा गर्ने क्यानले महिला क्रिकेटमा गरेको लगानी तुलना नै गर्न मिल्दैन ।‘हामीले पुरुष टिमकै सुविधा खोजेका होइनौं । तर, एउटा टिम पुग्ने गरी खेलाडी राख्नुपर्ने थियो,’ दशकदेखि राष्ट्रिय टिमबाट खेल्दै आएकी ब्याटर सरीता मगरले भनिन् ।

एपीएफकी सरीता यसपल्ट सेन्ट्रल कन्ट्र्याक्टबाट बाहिरिएकी छन् । ‘२ वर्षदेखि मेरो प्रदर्शन राम्रो छैन । म करारमा परिनँ भनेर गुनासो पनि छैन । तर, प्रदर्शनका खेलाडीहरु पनि छुटेका छन्,’ उनले प्रतिप्रश्न गरिन्, ‘१४ वर्ष राष्ट्रिय टिममा खेलेर मैले के पाएँ त ? भविष्य नै नभएको करिअर भयो नेपालमा महिला क्रिकेटरको ।’क्रिकेटमा भविष्य बनाउने लक्ष्यका साथ करिअरको सुरुवातमा रहेकाहरुलाई यस्तो व्यवहारले निरुत्साहित गर्ने उनको तर्क छ । सरीताको भनाइलाई पुष्टि गर्ने गरी एक युवा खेलाडीले क्यानको पछिल्लो ग्रेडिङबाट आफ दुरुत्साहित भएको बताइन् ।

‘हामीलाई एक प्रकारले दुरुत्साहन भएको छ । महिला रािष्ट्रय टिममा पर्छु भनेर खेल्ने हामीलाई करार संख्या घट्नु भनेको के देखेर क्रिकेट खेल्नु र कसरी भविष्य देख्नु,’ नाम नखुलाउने सर्तमा यू–१९ राष्ट्रिय टिमकी ती खेलाडीले भनिन् ।खेल खेलेर केही गरौंला भन्ने आशा मर्दै गएको उनको भनाइ छ । भन्छन्, ‘प्राक्टिस पनि जान छाडिसकें ।’

क्यान भन्छ रिजल्ट खोइ ?

महिला क्रिकेटले एक्स्पोजर नै नपाइरहेको अवस्थामा क्यानले भने प्रदर्शन नभएपछि सम्झौता सीमित गरिएको बताएको छ । पछिल्लो एक वर्षमा राष्ट्रिय महिला क्रिकेट टिमले दुईवटा प्रतियोगिता खेलेको छ ।गत मे महिनामा त्रिवि मैदानमा युगाण्डासँगको दुईदेशीय शृंखला र त्यसको एक महिनापछि मलेसियामा एसीसी टी-२० च्याम्पियनसिप खेलेको थियो । वर्षमा दुई महिना व्यस्त रहने टिम १० महिना चुपचाप बस्नुपर्ने स्थिति छ । वर्षमा एकपल्ट प्रधानमन्त्री कप र मेयर कप प्रतियोगिताबाहेक घरेलु क्रिकेटमा महिलाका लागि अन्य प्रतियोगिता छैनन् ।

‘हामीले केही मापदण्ड निर्धारण गरेका थियौं जसको कारण हामीले केन्द्रिय करारमा १२ जना राखेर अन्य खेलाडीलाई भने अन्य तवरका सुविधा दिने व्यवस्था गरेका छौं,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक भन्छन् ।प्रमुख छनोटकर्ता चौधरीले हरेक ६ महिनामा खेलाडीको प्रदर्शन र प्रतियोगिताको चापलाई हेरेर सम्झौतामा खेलाडी थपघट हुने बताए । उनले आफूभन्दा तल्लो वरीयताको युगाण्डासँग पराजित भएकोमा महिला टिमप्रति गुनासोसमेत गरे ।चौधरीका अनुसार सेन्ट्रल कन्ट्र्याक्टमा रहने खेलाडीको ग्रेडिङका लागि मापदण्ड यस्तो छ ।

ग्रेड सी : ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय वा ५ वटा टी–२० अन्तर्राष्ट्रिय म्याचको प्रदर्शन । (महिला खेलाडीको हकमा टी–२० मात्र)
ग्रेड बी : टिमले खेलेकामध्ये ७० प्रतिशत खेल खेलेको हुनुपर्ने । प्रदर्शन प्रमुख आधार
ग्रेड ए : धेरैभन्दा धेरै खेल खेल्दै नियमित र एकरुपमा उच्चस्तरको प्रदर्शन ।

सम्बन्धित खबर