LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेसी बुधबार रातिको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) को १० नम्बर जर्सीमा देखा परे ।फ्रेञ्च नकआउट फुटबल कुप डी फ्रान्समा उनले दोश्रो पटक १० नम्बरकै जर्सी रोजेका हुन् ।कुप डी फ्रान्समा खेलाडीले आफ्नो स्थायी जर्सीको सट्टा १ देखि ११ नम्बरसम्मको जर्सी नम्बर लगाउँछन् । मेसीले पहिलो पटक २०२२ मा कुप डी फ्रान्समा पीएसजीका लागि १० नम्बरको जर्सी लगाएका थिए ।पीएसजीले बुधबार राति अन्तिम १६ मा मार्सिलेविरुद्धको खेलेको थियो । मेसी १० नम्बरको जर्सीमा मैदान उत्रिएको यो खेलमा पीएसजी २–१ ले पराजित भयो ।

उक्त खेलमा नेइमारले भने ११ नम्बरको जर्सी लगाएका थिए । मेसीले एक दशकभन्दा बढी समय बार्सिलोनामा १० नम्बरको जर्सी लगाएर खेल्थे । बार्सिलोना छोडेर पीएसजी आएपछि भने उनले ३० नम्बरको जर्सी लगाउँथे ।पीएसजीमा जर्सी नम्बर १० उनका बार्सिलोनामा सँगै खेलेका साथी नेइमारले लागउँथे । मेस्सीले पीएसजीका लागि लिग वानका हरेक खेलमा ३० नम्बरकै जर्सी लगाएर खेल्थे ।

सम्बन्धित खबर