LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । सावित्रा भण्डारीले खेलको अन्तिम समयमा दुई गोल गरेपछि नेपालको महिला फुटबल टिमले भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा २-२ को बराबरी खेलेको छ ।फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा बुधबार भएको खेलमा दुई गोलले पछि परेको नेपालले पुनरागमन गर्दै रोमाञ्चक बराबरी खेलेको हो ।पहिलो हाफमा अवसर पाएर पनि गोल गर्न नसकेकी सावित्राले खेलको अन्तिम समयमा लगातार दुई गोल गरिन् । उनले ९०औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेकी हुन् भने इन्जुरी टाइमको दोस्रो मिनेटमा दोस्रो गोल गरिन् ।

भारतले पनि दोस्रो हाफमै दुई गोल गरेको थियो । भारतले दाेस्राे हाफमा दुवै गाेल गर्याे ।भारतका लागि ५६ मिनेटमा साैम्य गुगुलाेथले पहिलाे गाेल गरिन् । ६८ मिनेटमा कप्तान ईन्दुमति काथिरेसनले गाेल गर्दै अग्रता दाेब्बर पेकी थिइन् । तर भारतले दुई गोलको अग्रता जोगाउन सकेन ।पहिलो हाफमा नेपाल फिनिसिङमा चुक्का अग्रता लिन सकेन । सावित्रा भण्डारीले तीन अवसर गुमाउँदा विमला चाैधरीले एक अवसर चुकाईन् । भारतले पनि पाएको अवसरमा गोल गर्न सकेन ।नेपालकी कप्तान तथा गाेलकिपर एन्जिला तुम्बापाे सुब्बाले दुवै हाफमा केही राम्रव बचाउ गरिन् ।  २०२४ को पेरिस ओलम्पिकको लागि एसियाली छनोटको तयारीमा रहेका नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

गत भदौमा नेपालमै भएको साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई पराजित गरेको थियो । यस्तै भर्खरै बंगलादेशमा सम्पन्न साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले भारतलाई ३-१ ले पराजित गरेको थियो ।गत भदाैमा काठमाडौंमा आयोजना भएको साफ महिला च्याम्पियनसिपपछि नेपाल र भारत पहिलाे पटक खेलेका हुन् । त्यसबेला नेपालले भारतलाई सेमिफाईनलमा १-० ले पराजित गरेकाे थियाे ।आगामी अप्रिलमा हुने ओलम्पिक छनोटमा नेपला समूह सी मा छ । यस समूहमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान छन् । यस्तै भारत कीर्गिस्तान र तुर्कमिनेस्तानसहित समूह जी मा छ ।नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण शनिबार हुनेछ ।

सम्बन्धित खबर