LIVE
सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा |

काठमाडौं । यस वर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा’को चौथो श्रृंखलाको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट २० सेकेण्ड लामो ट्रेलरले समसामयिक राजनीतिको प्रवृत्तिलाई कटाक्ष गर्छ ।फिल्मको ट्रेलरले राजा नामक शीर्ष चरित्रले चारखाल सुधारगृहदेखि सिंहदरबारसम्म गरेको राजनीतिक यात्राको कथा वरपर फन्को मार्छ । चुनाव सुरु भएसँगै राजा नामक पात्र सुधार गृहबाट निस्कन्छ र नेताको लागि भोट माग्छ । एकीकृत निष्पक्ष दलका उम्मेदवार दिग्विजय सिंहलाई भोट माग्दै राजा पात्र चुनावमा होमिन्छ ।

गुण्डागर्दीदेखि नेतासम्मको राजा नामको चरित्रको यात्रालाई ट्रेलरले प्रस्तुत गर्छ । समग्रमा चुनावको सन्दर्भ र समयको वरपर फिल्मले फन्को मार्छ । कपाल पालेर सुधार गृहबाट निस्किएको राजालाई नेताले आफ्नो चुनावी अभियानमा उपयोग गर्छन् । नेताको सिंढी चढेर ऊ कसरी केन्द्रीय राजनीतिमा स्थापित हुन्छ भन्ने चित्रण यसमा छ । ट्रेलरको अन्त्यमा राजा र उसका साथीहरुको चरित्रमा आएको रुपान्तरण र आत्मबोधको स्वीकारोक्तिमार्फत निष्ठाको राजनीति अझै बाँकी छ भन्ने सन्देश प्रस्तुत गरिएको छ ।

राजा नामक चरित्र भन्छ- बुवा हजुरले सधैं ठूलो मान्छे बन्न सिकाइस्यो, ठूलो मान्छे बन्ने चक्करमा राम्रो मान्छे बन्न भुलेछु ।बुद्धि तामाङको चरित्र भन्छ- बुद्धिको बुद्धि आइसक्यो, अब गणतन्त्रमा यत्राको राजा ?माग्नेबुढाको चरित्र भन्छ- मास्टर हुँ डस्टर बोक्छु, पार्टीको झण्डा होइन ।बुद्धि तामाङको चरित्रको अर्को संवाद छ- झमतावाल युवा चाहिं खाडीमा, बुढाहरु चाहिं झण्डावाल गाडीमा ।रमेश बुढाथोकीको चरित्र भन्छ- सामाजिक सञ्जालको हिरोलाई सामाजिक सञ्जालमै ठीक पार्नुपर्छ । यसका लागि साइबर सेना चाहिन्छ ।

फिल्ममा राजा पात्रको भूमिका दीपकराज गिरीले गरेका छन् । अभिनेत्री बेनिशा हमाल पत्रकारको भूमिकामा प्रस्तुत छिन् । ट्रेलरमा पत्रकार र नेताबीचको सम्बन्धलाई पनि कटाक्ष गरिएको छ । दीपाश्री निरौलालाई दीपकराज अर्थात् राजाकी पत्नीको भूमिकामा प्रस्तुत गरिएको छ । नीर शाह, अनुरागमान सिंह कुँवर, निर्मल शर्मा, मलिना जोशी, राज आचार्य पनि फिल्ममा महत्वपूर्ण भूमिकामा छन् ।हेमराज बीसी निर्देशित फिल्म फागुन १९ गते प्रदर्शनको तयारीमा छ । आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा फिल्म निर्माण भएको हो ।

सम्बन्धित खबर