LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल आएको स्कटल्याण्ड नेपालसँगका दुवै खेल हारे पनि च्याम्पियन बनेको छ ।क्रिकोणत्मक शृंखलामा नामिबियासँगका दुवै खेल जितेको स्कटल्याण्ड लिग टूका ३६ खेलमा ५० अंक जोड्दै च्याम्पियन बनेको छ ।तर उसले लिग टू जितेको भन्दा पनि नेपाली बलर सन्दीपसँग हात नमिलाएको घटना नेपाली सञ्चार माध्यममा मात्र नभएर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा पनि हेडलाइन बने ।नेपालसँगका दुवै खेलपछि स्कटल्याण्डले नाबालिग बलात्कारको आरोपी लागेका सन्दीपसँग हात मिलाएन । पहिलो खेलमा हात नमिलाएपछि यसबारेमा कुराकानी नगर्ने बताएको स्कटल्याण्ड टोलीले शृंखलाका खेल सकिएपछि भने मुख खोलेको छ ।

स्कटल्याण्डका क्रिकेट प्रशिक्षक शेन बर्गरले नेपाली पक्षलाई पूर्व जानकारी गराएरै बलर सन्दीप लामिछानेसँग हात नमिलाएको स्पष्ट पारेका छन् ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालसँगको खेलपछि बर्गरले पत्रकारसित कुरा गर्दै आफूहरुले कुनै पनि हिंसालाई समर्थन नगर्ने बताए । उनले सोसाइटीमा रोल मोडल भइसकेको व्यक्तिले आफूले के गर्ने भनेर विचार गर्नुपर्ने बताए ।राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछानेले जबरजस्ती करणी गरेको भन्दै २१ भदौ २०७८ मा एक किशोरीले प्रहरी वृत्त, गौशालामा जाहेरी दिएकी थिइन् ।

त्यसपछि पक्राउ परेका लामिछानेलाई प्रारम्भिक सुनुवाइबाट पुर्पक्षका लागि थुनामा पठाइए पनि उच्च अदालत पाटनले कडा शर्तहरुसहित २८ पुसमा रिहा गर्न आदेश दिएको थियो । तर, अदालतबाट मुद्दा छिनोफानो नभइ लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको भन्दै विरोध भएको थियो ।यसबारेमा महिला अधिकारकर्मीले स्कटल्याण्डको धारणा माग गरेपछि स्कटल्याण्ड क्रिकेटले यसअघि नै आफूले कुनै पनि प्रकारका दुर्व्यवहारलाई समर्थन नगर्ने बताउँदै सन्दीपलाई टिममा राख्ने बारेमा नेपाल क्रिकेट संघ क्यान र अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले विचार गर्नु पर्ने बताएको थियो ।

सम्बन्धित खबर