LIVE
नीति तथा कार्यक्रम सर्वसम्मत पारित, टुक्रे योजना भन्दा ठूला आयोजनामा लगानी | नेपाल पत्रकार महासंघ धनुषाद्वारा जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि धर्ना | एसईईमा जफत गरिएका मोबाइल नष्ट गरिएको घटनामा सर्वोच्चद्वारा जवाफ माग | मिसावटयुक्त खाद्य पदार्थले उत्पदान गर्ने मधेश प्रदेशका ४१ उद्योग विरुद्ध मुद्दा | दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय | मधेस आन्दोलनका शहिद परिवार तथा घाइतेहरुले गरे मधेस भवन अगाडि प्रदर्शन | मधेश आन्दोलनका शहिद परिवार तथा घाइतेहरूद्वारा जनकपुरधाममा प्रदर्शन | परीक्षामा जफत गरिएको मोबाईल नष्ट गर्ने प्रशासनको निर्णय विवादमा, विद्यार्थिहरु आन्दोलित | जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु |

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल आएको स्कटल्याण्ड नेपालसँगका दुवै खेल हारे पनि च्याम्पियन बनेको छ ।क्रिकोणत्मक शृंखलामा नामिबियासँगका दुवै खेल जितेको स्कटल्याण्ड लिग टूका ३६ खेलमा ५० अंक जोड्दै च्याम्पियन बनेको छ ।तर उसले लिग टू जितेको भन्दा पनि नेपाली बलर सन्दीपसँग हात नमिलाएको घटना नेपाली सञ्चार माध्यममा मात्र नभएर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा पनि हेडलाइन बने ।नेपालसँगका दुवै खेलपछि स्कटल्याण्डले नाबालिग बलात्कारको आरोपी लागेका सन्दीपसँग हात मिलाएन । पहिलो खेलमा हात नमिलाएपछि यसबारेमा कुराकानी नगर्ने बताएको स्कटल्याण्ड टोलीले शृंखलाका खेल सकिएपछि भने मुख खोलेको छ ।

स्कटल्याण्डका क्रिकेट प्रशिक्षक शेन बर्गरले नेपाली पक्षलाई पूर्व जानकारी गराएरै बलर सन्दीप लामिछानेसँग हात नमिलाएको स्पष्ट पारेका छन् ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालसँगको खेलपछि बर्गरले पत्रकारसित कुरा गर्दै आफूहरुले कुनै पनि हिंसालाई समर्थन नगर्ने बताए । उनले सोसाइटीमा रोल मोडल भइसकेको व्यक्तिले आफूले के गर्ने भनेर विचार गर्नुपर्ने बताए ।राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछानेले जबरजस्ती करणी गरेको भन्दै २१ भदौ २०७८ मा एक किशोरीले प्रहरी वृत्त, गौशालामा जाहेरी दिएकी थिइन् ।

त्यसपछि पक्राउ परेका लामिछानेलाई प्रारम्भिक सुनुवाइबाट पुर्पक्षका लागि थुनामा पठाइए पनि उच्च अदालत पाटनले कडा शर्तहरुसहित २८ पुसमा रिहा गर्न आदेश दिएको थियो । तर, अदालतबाट मुद्दा छिनोफानो नभइ लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको भन्दै विरोध भएको थियो ।यसबारेमा महिला अधिकारकर्मीले स्कटल्याण्डको धारणा माग गरेपछि स्कटल्याण्ड क्रिकेटले यसअघि नै आफूले कुनै पनि प्रकारका दुर्व्यवहारलाई समर्थन नगर्ने बताउँदै सन्दीपलाई टिममा राख्ने बारेमा नेपाल क्रिकेट संघ क्यान र अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले विचार गर्नु पर्ने बताएको थियो ।

सम्बन्धित खबर