LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

काठमाडौं । आइसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले सिंगापुरलाई २६२ रनको बलियो लक्ष्य दिएको छ ।युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालका लागि डेब्युटान्ट आकाश त्रिपाठीका साथै अर्का खेलाडी विशाल विक्रम केसीले अर्धशतक बनाए । जसको मद्दतमा नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनायो ।तेस्रो क्रमका ब्याटर आकाश त्रिपाठी १०० बल खेल्दै ७ चौका र एक छक्काको मद्दतमा ७८ रन बनाएर आउट भए ।विशाल विक्रम भने ६३ रनमा नट आउट रहे । उनले ५४ बलमा ४ चौका र २ छक्का हाने ।

ओपनर दीपक बोहरा ५ रन बनाउँदै क्याच आउट भए पनि अर्का ओपनर अर्जुन कुमालले ६७ बल खेल्दै ३७ रन बनाए ।अर्जुन र आकाशले दोस्रो विकेटका लागि ९३ रनको बलियो साझेदारी बनाए । कप्तान देव खनाल २१ रनमा अबुडे छाजेरको बलमा एलबीडब्लयु भए । दीपक बोहरा १७ रनमा क्याच आउट भए । दिपक प्रसाद डुम्रे १० रनमा रनआउट भए । सुवास भण्डारी १२ रनमा नटआउट रहे ।सिंगापुरका लागि अर्यावीर चौधरी र अबुडे छाजेरले समान २–२ विकेट लिए । माहियु भाटिया र अदित्या भारगावाले १–१ विके ट लिए ।

यू-१९ नेपाली राष्ट्रिय टिमबाट ७ जना खेलाडीले डेब्यु गरेका छन् । नेपालका लागि आकाश सहित दीपक बोहरा, सुवास भण्डारी, हेमन्त धामी, दिपक प्रसाद डुम्रे, दीपक बोहरा र मिलन बोहराले आजको खेलमा डेब्यु गरेका छन् ।प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

सम्बन्धित खबर