LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

काठमाडौं । आइसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले सिंगापुरलाई २६२ रनको बलियो लक्ष्य दिएको छ ।युएईको आजमानमा रहेको इर्डेन गार्डेन ओभलमा टस जितेर पहिला ब्याटिङको रोजेको नेपालका लागि डेब्युटान्ट आकाश त्रिपाठीका साथै अर्का खेलाडी विशाल विक्रम केसीले अर्धशतक बनाए । जसको मद्दतमा नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनायो ।तेस्रो क्रमका ब्याटर आकाश त्रिपाठी १०० बल खेल्दै ७ चौका र एक छक्काको मद्दतमा ७८ रन बनाएर आउट भए ।विशाल विक्रम भने ६३ रनमा नट आउट रहे । उनले ५४ बलमा ४ चौका र २ छक्का हाने ।

ओपनर दीपक बोहरा ५ रन बनाउँदै क्याच आउट भए पनि अर्का ओपनर अर्जुन कुमालले ६७ बल खेल्दै ३७ रन बनाए ।अर्जुन र आकाशले दोस्रो विकेटका लागि ९३ रनको बलियो साझेदारी बनाए । कप्तान देव खनाल २१ रनमा अबुडे छाजेरको बलमा एलबीडब्लयु भए । दीपक बोहरा १७ रनमा क्याच आउट भए । दिपक प्रसाद डुम्रे १० रनमा रनआउट भए । सुवास भण्डारी १२ रनमा नटआउट रहे ।सिंगापुरका लागि अर्यावीर चौधरी र अबुडे छाजेरले समान २–२ विकेट लिए । माहियु भाटिया र अदित्या भारगावाले १–१ विके ट लिए ।

यू-१९ नेपाली राष्ट्रिय टिमबाट ७ जना खेलाडीले डेब्यु गरेका छन् । नेपालका लागि आकाश सहित दीपक बोहरा, सुवास भण्डारी, हेमन्त धामी, दिपक प्रसाद डुम्रे, दीपक बोहरा र मिलन बोहराले आजको खेलमा डेब्यु गरेका छन् ।प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन् । सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

सम्बन्धित खबर