LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम । विगत ५ महिनादेखि तलब नपाएको भन्दै बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कर्मचारिहरुले कार्यालयमा तालाबन्दी गरेको छ ।
गत कार्तिकदेखि नै आफुहरु तलब नपाएको र परिषदका अध्यक्ष शितल साहलाई पटक–पटक लिखित तथा मैखिक रुपमा ताकेता गर्दापनि कुनै सुनवाई नगरेपछि वाध्य भएर कार्यालयमा तालाबन्दी गरेको कर्मचारिहरुको भनाई छ ।
लामो समयदेखि तलब नपाउदाँ कर्मचारिहरुलाई घरपरिवार चलाउन समस्या हुने गरेको उनीहरुको दुखेसो पोखे । अध्यक्ष साहकै मनोमानिको कारण कर्मचारिहरुले तलब नपाएको बताउदै परिषदका प्रशासकिय अधिकृत जितेन्द्र कुमार यादवले भने,‘अध्यक्ष साहले संस्थाको उद्देश्यविपरीतका काम गर्ने गरेको र कार्यालयका दर्ता चलानि रजिस्टर पनि आफुसँगै राख्ने गरेको र वरिष्ठ लेखापाल हुदाँ हुदै आफ्ना नजिकका कनिष्ठ कर्मचारिलाई लेखापालको जिम्मेवारि दिएर आफुखुसि काम गर्ने गरेको छ ।’
अध्यक्षकै लापवाहिका कारण अहिले सम्म परिषद्ले कुनै योजनालाई अगाडि बढ्न नसकेको कर्मचारिहरुको आरोप छ । अध्यक्ष साहले आर्थिक वर्ष २०७९÷०८० मा चाडपर्व शिर्षक, इन्धन लगायतमा विनियोजन गरिएको भन्दा बढी रकम खर्च गरेको उनीहरुको छ । परिषदको ऐन विपरित कार्यालय काठमाण्डौमा परिषदको सम्र्पक कार्यालय खोलेर अध्यक्ष साहले आर्थिक हिनामिन गरेको कर्मचारिहरुको भनाई छ । उनीहरुले आफुहरुको समस्या समाधान तथा कर्मचारिलाई पदिय हिसाब जिम्मेवारि नदिए सम्म आफुहरु तालाबन्दी जारि राख्ने अधिकृत यादवले बताए ।

सम्बन्धित खबर