LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

जनकपुरधाम । धनुषामा एकजना ट्रयाक्टर चालकमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ ।
शुक्रवार साँझ धनुषाको बडहरी खोलामा बालुवा लिन गएका मिथिला नगरपालिका– ९ का ट्रयाक्टर चालक पवनकुमार महतोमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शुक्रबार ट्रयाक्टर चालक महतोसँग बेगाडारस्थित होराइजन स्कुल नजिक पाँचजनाको समूहले ट्रयाक्टर रोकेर पैसा मागेका थिए । नदिएपछि आक्रमण भएको हो । पक्राउ पर्नेमा सोही ठाउँका २५ वर्षिय निरज लामा, ३४ वर्षिय रितेश लामा र २२ वर्षिय किसन लामा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारि दिए । उनले घटनामा संल्गन अन्य दुई जनाको खोजि कार्य जारि रहेको बताए ।
यता, छुरा प्रहारले गम्भीर घाइते भएका महतोको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । उनको अवस्थामा सुधार हुँदै गएको प्रहरीले जनाएको छ । घाईते महतोका अनुसार खोलाबाट बालुवा लिन जदाँ आरोपितहरुले पैसा मागेको र नदिएपछि छुरा प्रहार गरि फरार भएको हो ।

सम्बन्धित खबर