LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । धनुषामा एकजना ट्रयाक्टर चालकमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ ।
शुक्रवार साँझ धनुषाको बडहरी खोलामा बालुवा लिन गएका मिथिला नगरपालिका– ९ का ट्रयाक्टर चालक पवनकुमार महतोमाथि छुरा प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शुक्रबार ट्रयाक्टर चालक महतोसँग बेगाडारस्थित होराइजन स्कुल नजिक पाँचजनाको समूहले ट्रयाक्टर रोकेर पैसा मागेका थिए । नदिएपछि आक्रमण भएको हो । पक्राउ पर्नेमा सोही ठाउँका २५ वर्षिय निरज लामा, ३४ वर्षिय रितेश लामा र २२ वर्षिय किसन लामा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारि दिए । उनले घटनामा संल्गन अन्य दुई जनाको खोजि कार्य जारि रहेको बताए ।
यता, छुरा प्रहारले गम्भीर घाइते भएका महतोको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । उनको अवस्थामा सुधार हुँदै गएको प्रहरीले जनाएको छ । घाईते महतोका अनुसार खोलाबाट बालुवा लिन जदाँ आरोपितहरुले पैसा मागेको र नदिएपछि छुरा प्रहार गरि फरार भएको हो ।

सम्बन्धित खबर