LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

वीरगञ्ज । आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडीलाई वीरगञ्ज महानगरपालिकाले सम्मान गरेको छ ।नेपाल विश्वकप क्वालिफायरमा छनौट भएपछि पहिलो पटक गृहनगर वीरगञ्ज आएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय आरिफ शेख र आसिफ शेखलाई महानगरले सम्मान गरेको हो । उनीहरु दाजुभाइ हुन् ।महानगरपालिकाको कार्यालयमा मेयर राजेशमान सिंहले उनीहरुलाई दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका थिए । त्यसअवसरमा आरिफ र आसिफका बुबा शेख सलाम र स्थानीय प्रशिक्षक जाहुर अन्सारीलाई पनि सम्मान गरिएको छ ।मेयर सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पु¥याउन विशेष भूमिका निर्वाह गरेकोमा उनीहरुको प्रशंसा गर्दै चैत १७ गते नागरिक अभिनन्दन गर्ने घोषणा गरे । सोही दिन महानगरले यसअघि घोषणा गरेको पुरस्कार मोटरसाइकल पनि प्रदान गर्ने उनको भनाइ छ । महानगरको सम्मानले आफूहरुलाई अझ हौसला थपिदिएको प्रतिक्रिया शेख दाजु भाइले दिएका छन् ।

सम्बन्धित खबर