LIVE
ई–रिक्सा चालकको लाइसेन्स प्रक्रियामा सवलिकरण ल्याउन माग | मधेशका जिल्लाहरुमा चैती पर्व मनाईदै | मुख्यमन्त्री यादवद्वारा सय दिनको उपलब्धी सार्वजनिक | मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान |

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा अविश्वसनीय क्लाइमेक्सले नेपाललाई एकदिवशीय विश्वकपको ग्लोबल क्वालिफायरमा पुर्‍याएको छ ।आईसीसी वरियताको १४ देखि २० स्थानमा रहेका सात टिमबीच तीन वर्ष लामो शृंखला नेपालले तेस्रो स्थानमा रहेर टुंग्यायो । शृंखलाको अन्तिम खेल नेपालका लागि विश्वकप क्वालिफायरमा सिधा प्रवेशका लागि निर्णायक थियो । यद्यपि एकदिवशीय अन्तर्राष्ट्रिय मान्यताको निरन्तरता सुनिश्चित गर्न भने नेपाल दुई खेल अगावै सफल भइसकेको थियो ।

बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा यूएईले टस जितेर ब्याटिङ गर्दा ३१० रनको योगफल खडा गरेको थियो । नेपालले एकदिवशीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै सबैभन्दा बढी लक्ष्य पूरा गर्नुपर्ने थियो । साँझ ५ बजेर ३७ मिनेटमा खराब प्रकाशका कारण अम्पायरले खेल रोक्ने निर्णय गर्नुअघि नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन बनाएको थियो । त्यतिबेलासम्म नेपाल डकवर्थ लेविस प्रणाली अनुसार पार स्कोर (२६०) रनभन्दा ९ रनले अगाडि थियो ।

र, नेपाल सोही प्रणालीको आधारमा ९ रनले विजयी रह्यो । यो जित नेपालका लागि एकदिवशीय अन्तर्राष्ट्रियमा लगातार छैटौं जितसमेत रह्यो ।‘खेलको सम्पूर्ण प्राविधिक पक्षलाई राम्रोसँग बुझेर खेल्नाले यो सबै सम्भव भयो । यूएईले आफ्नो राम्रो योजनाका साथ हामीलाई छेउमा उभ्याइसकेको थियो । उनीहरु पनि योजना बनाउन माहिर छन् । उनीहरुले पनि आफूले सक्दो गरे । तर, हामी आफ्नै क्षमतामा विश्वास गरिरहेका थियौं,’ जितपछि प्रशिक्षक मोन्टी देशाईले भनेका छन् ।

नेपाल क्रिकेटको अहिलेको सफलताबाट सारा देश दंग छ । बिहीबार कीर्तिपुर रंगशालामै पुगेका १५ हजारबढी समर्थकले पनि निर्णायक जितको स्वाद लिएका छन् । तर, आजभन्दा ठीक महिना दिनअघि अर्थात् २ फागुनमा लिग टूका ९ मध्ये सातौं त्रिकोणात्मक शृंखला सुरु गर्नुअघि नेपाल क्रिकेट धेरै नै कठिन अवस्थामा थियो ।

सन् २०१९ को अगष्टदेखि सुरु भएको लिग टू शृंखलामा नेपालले आफ्नो पहिलो खेल यही कीर्तिपुरमा सन् २०२० को फेब्रुअरीमा खेलेको थियो । त्यसयता २४ खेलमा ८ जितसहित १८ अंक बनाउँदा लिगको शीर्ष तीन त परै जाओस चार वर्षका लागि सन् २०१८ को मार्चमा पाएको एकदिवशीय मान्यतासमेत गुम्ने खतरा थियो ।

टिम यही थियो, खेलाडीहरु यिनै थिए । क्यानको नेतृत्व र सुविधा पनि उस्तै थिए । तर, टिमले जित्न बिर्सेको थियो । शृंखलामा हारेका खेलको संख्याले नेपाललाई गिज्याइरहेको थियो । ठीक त्यही बेला नेपालको एकदिवशीय मान्यता जोगाइदिने आशा र अपेक्षासहित नेपाल क्रिकेट संघ (क्यान)ले भारतका मोन्टी देशाईलाई टिमको मुख्य प्रशिक्षकमा नियुक्ति दियो ।

नेपालकै पूर्व प्रशिक्षक डेभ ह्वाटमोर, नेपालको बलिङ सल्लाहकारका रुपमा काम गरिसकेका श्रीलंकाली धम्मिका प्रसाद, बंगलादेश टिमको प्रमुख प्रशिक्षण छाडेर बसेका दक्षिण अफ्रिकी क्रेग डोमिंगो र न्युजिल्याण्ड टिमका पूर्व प्रशिक्षक ग्लेन पोकनेललाई छाडेर क्यानले मोन्टीलाई विश्वास गरेको थियो ।

लिग टू शृंखला सुरु भएदेखि नेपालको प्रमुख प्रशिक्षक बन्ने मोन्टी पाँचौं व्यक्ति थिए । चारै प्रशिक्षकले आफ्नो कार्यकाल पूरा गरेनन् । अफगानिस्तान (तत्कालीन), यूएई र क्यानडाजस्ता शीर्ष एशोसिएट तथा वेष्ट इण्डिजजस्तो टेष्ट टोली र इण्डियन प्रिमियर लिग (आईपीएल)मा लामो अनुभव बोकेका यी प्रशिक्षकले पनि परिस्थिति बुझेरै चुनौती लिएका थिए ।

सन् २०१४ को टी–२० विश्वकपदेखि नै कुनै न कुनै भूमिकामा नेपाल क्रिकेटसँग जोडिएका मोन्टी राष्ट्रिय टिममा अहिले खेलिरहेका अधिकांश खेलाडीको क्षमताबारे जानकार थिए । १३ माघमा नेपाल आएदेखि नै उनले ‘ह्याप्पी ड्रेसिङ रुम’को चलाखीपूर्ण रणनीति अपनाए । लगातारको हारबाट टिम संघर्षरत थियो, टिमभित्र एकताको अवस्था थिएन र प्रशिक्षक फेरिरहनुको नियतिबारे मोन्टी पूर्णतः जानकार थिए ।

उनको रणनीतिले पहिलो खेलदेखि नै प्रभाव देखाउन थाल्यो, जव नेपालले लिग टूमा नामिवियालाई पहिलोपल्ट पराजित गर्यो । २–९ फागुनमा घरेलु मैदानमा भएको शृंखलामा नेपालले शतप्रतिशत जित निकालयो । त्यसमा च्याम्पियन स्कटल्याण्डमाथिको दुवै जितले टिमको मनोबल ह्वात्तै उठायो ।

१५–२२ फागुनमा यूएईमा चारमध्ये तीन खेल जितेर नेपाल फर्किएको टिमले २५ फागुनदेखि २ चैतसम्म शतप्रतिशत जितसहित अविश्वसनीय सफलता दिलाउन सक्यो । यो जितले लिग टूमा नामिवियालाई पछि पार्दै नेपाल सिधै एकदिवशीय विश्वकपमा पुगेको हो ।

सम्बन्धित खबर