LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । सन् १९९६ को विश्वकप क्रिकेट विजेता श्रीलंकाले यसै वर्ष भारतमा हुने एक दिवसीय विश्वकपका लागि छनोट प्रतियोगिता खेल्नुपर्ने भएको छ ।आईसीसीको १२ पूर्ण सदस्य र एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससहित १३ टिम सम्मिलित सुपर लिगमा शीर्ष ८ मा पर्न असफल भएपछि श्रीलंका सिधै विश्वकपमा छनोट हुन असफल भएको हो ।

न्युजिल्याण्ड विरुद्धको श्रृखंलाको तेस्रो खेलमा ६ विकेटले पराजित भएपछि श्रीलंका शीर्ष ८ मा परेन । सुपर लिगको शीर्ष ८ मा रहने टिमले मात्र सित्रै विश्वकपमा स्थान बनाउनेछन् ।जसमा आयोजक भारतसहित न्युजिल्याण्ड, अष्ट्रेलिया, इंग्लयाण्ड, पाकिस्तान, बंगलादेश र अफगानिस्तान सिधै छनोट भइसकेका छन् ।
अब एक स्थानका लागि दक्षिण अफ्रिका, वेष्ट इन्डिज र आयरल्याण्ड होडमा छन् । हाल वेष्ट इन्डिज ८८ अंकसहित आठौं स्थानमा छ । सबै खेल खेलिसकेको श्रीलंका ८१ अंकसहित नवौं स्थानमा छ । यस्तै दक्षिण अफ्रिकाको ७८ अंक र आयरल्याण्डको ६८ अंक छ ।

दक्षिण अफ्रिकाले नेदरल्याण्डसँग दुई ओडीआई खेल्नेछ । त्यसमा पहिलो खेल आज हुँदैछ । आयरल्याण्डले बंगलादेशसँग तीन खेलको श्रृंखला खेल्न बाँकी छ । यी खेलपछि विश्वकपमा छनोट हुने एक टिमको टुंगो लाग्ने छ ।सुपर लिगको पूछारमा रहने पाँच मध्ये तीन टिम (श्रीलंका, जिम्बावे र नेदरल्याण्ड्स) ले विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ । विश्वकप छनोट आगामी जुन-जुलाईमा जिम्बावेमै हुनेछ ।

जसमा चार टेष्ट राष्ट्रसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । जसबाट फाइनल पुग्ने दुई टोली मात्र आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकपमा छनोट हुनेछ । आइसीसी क्रिकेट विश्वकप लिग टु को शीर्ष तीनमा रहँदै स्कटल्याण्ड, ओमान र नेपालले विश्वकप छनोटमा स्थान बनाइसकेका छन् ।

हाल नामिबियामा भइरहेको क्वालिफायर प्लेअफबाट थप दुई टिमको टुङ्गो लाग्नेछ ।

लिग टु को पूछारमा रहेका चार टिम नामिबिया, अमेरिका, युएई र पपुवा न्युगिनीसहित च्यालेन्ज कपको शीर्ष दुई टिम क्यानडा र जर्सीसहित ६ टिमले प्लेअफ क्वालिफायर खेलिरहेका छन् ।

होला त श्रीलंका र नेपालको भेट ?

श्रीलंकाले अहिलेसम्म भएका सबै १२ संस्करणको वान डे विश्वकप खेलेको छ । सन् १९७५ मा पहिलो विश्वकपमा आमन्त्रित टोलीको रुपमा विश्वकप खेलेको श्रीलंकाले १९७९ पहिलो पटक भएको विश्वकप छनोट खेलेको थियो ।

आईसीसी ट्रफीको नाममा रहेको उक्त छनोटमा श्रीलंका विजेता बन्दै विश्वकपमा पुगेको थियो । त्यसपछिका १२ संस्करणमा भने श्रीलंका आईसीसीको पूर्ण सदस्यको रुपमा सिधै विश्वकप खेलेको थियो ।

४४ वर्षपछि श्रीलंकाले फेरि विश्वकपमा स्थान बनाउन छनोट खेल्नुपर्ने भएको हो ।

नेपाल भने लगातार तेस्रो पटक विश्वकपको छनोट खेल्ने तयारीमा छ । यसअघि २०१८ मा जिम्बावेमै भएको विश्वकप छनोट खेलेको नेपालले त्यहीबाट पहिलो पटक ओडीआईको मान्यता पाएको थियो ।

विश्वकप छनोटमा नेपालले यसपटक ठूला टेष्ट राष्ट्रसँग खेल्ने पक्का छ । तर कुन कुन टिम हुन्छन् भन्ने निर्णय हुन बाँकी छ । अहिलेसम्म दुई टेष्ट राष्ट्र श्रीलंका र जिम्बावेले छनोट खेल्ने पक्का छ । यसमा दक्षिण अफ्रिका, वेष्ट इन्डिज र आयरल्याण्ड मध्येका दुई टिम थपिनेछन् ।

छनोटमा सहभागि हुने १० टिमलाई दुई समूहमा विभाजन गरिनेछ । जसले गर्दा हुवै समूहमा दुई-दुई टेष्ट राष्ट्र हुनेछन् ।

छनोट खेल्ने सबै टिमको टुङ्गो लागेपछि आईसीसीले समूह विभाजन गर्नेछ । त्यसपछि नेपालले कुन कुन टिमसँग खेल्ने थाहा हुनेछ ।

सम्बन्धित खबर