LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |
  • काठमाडौं । पपुवा न्युगिनी पीएनजीले एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई मान्यता गुमाएको छ ।नामिबियामा जारी विश्वकप क्वालिफायर प्लेअफमा लगातार चार खेल हारेपछि पीएनजीले ओडीआई मान्यता गुमाउने पक्का भएको हो ।आइतबार भएको खेलमा पीएनजी अमेरिकासँग ११७ रनले पराजित भएको थियो । लगातार चार हारपछि पीएनजी ६ टोली सम्मिलित प्लेअफमा अंकबिहीन हुँदै पुछारमा छ ।

अंकतालिकामा पुछारको दुई स्थानमा रहने टोलीले आईसीसीको अर्को साइकलमा च्यालेन्ज कप खेल्नुपर्नेछ । पीएनजीले अब क्वालिफायर प्लेअफमा क्यानडासँग अन्तिम खेल खेल्न बाँकी छ । त्यो नै पीएनजीका लागि वर्तमान साइकलको अन्तिम ओडीआई खेल हुनेछ ।क्रिकेट विश्वकप लिग टू मा पीएनजी पुछारमा रहँदै क्वालिफायर प्लेअफ खेल्नुपरेको थियो । लिग टू मा अन्तिम दुईमा रहेपछि पीएनजी र यूएईको ओडीआई मान्यता धरापमा परेको थियो । तै पनि क्वालिफायर प्लेअफबाट ओडीआई मान्यता जोगाउने अवसर दुवैलाई थियो ।

तर लगातार चार हारपछि पीएनजीले औपचारिक रुपमै ओडीआई मान्यता गुमाउने भएको हो। .च्यालेन्ज कपको शीर्ष दुईमा रहेर क्वालिफायर प्लेअफ खेलिरहेका क्यानडा र जर्सीमध्ये अब एकले ओडीआई मान्यता पाउनेछ । लिग टू को चौथो भएको नामिबिया र पाँचौ भएको अमेरिकाले पनि लिग टू बाटै ओडीआई मान्यता बचाइसकेको छ । यी दुई टिम प्लेअफमा जुन स्थानमा रहेपनि ओडीआई मान्यता जोगिनेछ । तर विश्वकप छनोटमा पुग्न हालको क्वालिफायर प्लेअफको शीर्ष दुईमा रहनुपर्नेछ ।

क्वालिफायर प्लेअफको शीर्ष दुईमा रहने टिम आगामी जुन-जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् । त्यसका लागि पीएनजी बाहेकका बाँकी पाँच टिम अझै होडमा छन् ।क्वालिफायर प्लेअफमा चार खेल मात्र बाँकी रहँदा ५ वटै टिमको सम्भावना बाँकी छ ।अमेरिका र यूएई त्यसका अगाडि छन् । दुवैले ४ खेल खेल्दा ३ जित र १ हारबाट समान ६ अंक जोडेका छन् । क्यानडा ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ । ४ खेल खेलिसकेको नामिबिया ४ अंकसहित चौथोमा छ ।

३ खेलबाट १ खेल जितेर २ अंक जोडेको जर्सी पाँचौ स्थानमा छ । जारी क्वालिफायर प्लेअफमा पहिलो पटक ओडीआई क्रिकेट खेलिरहेको जर्सीले पीएनजीमाथि ऐतिहासिक जित समेत हात पारेको थियो ।आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने वान डे विश्वकपका लागि अन्तिम छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । जहाँ सुपर लिगको पुछारको पाँच टिम, लिग टू को शीर्ष तीन टिम र क्वालिफायर प्लेअफको शीर्ष दुई टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सुपर लिगबाट चार टिम (नेदरल्याण्ड्स, श्रीलंका, वेष्ट इन्डिज र जिम्बावे) टुङ्गो लागिसकेको छ ।अब दक्षिण अफ्रिका र आयरल्याण्डमध्ये एक टिम सिधै विश्वकप पुग्नेछ भने एक टिमले विश्वकप छनोट खेल्नुपर्नेछ ।यस्तै लिग टू बाट स्कटल्याण्ड, ओमान र नेपालले विश्वकप छनोटमा स्थान बनाइसकेका छन् ।

सम्बन्धित खबर