LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |
  • काठमाडौं । पपुवा न्युगिनी पीएनजीले एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई मान्यता गुमाएको छ ।नामिबियामा जारी विश्वकप क्वालिफायर प्लेअफमा लगातार चार खेल हारेपछि पीएनजीले ओडीआई मान्यता गुमाउने पक्का भएको हो ।आइतबार भएको खेलमा पीएनजी अमेरिकासँग ११७ रनले पराजित भएको थियो । लगातार चार हारपछि पीएनजी ६ टोली सम्मिलित प्लेअफमा अंकबिहीन हुँदै पुछारमा छ ।

अंकतालिकामा पुछारको दुई स्थानमा रहने टोलीले आईसीसीको अर्को साइकलमा च्यालेन्ज कप खेल्नुपर्नेछ । पीएनजीले अब क्वालिफायर प्लेअफमा क्यानडासँग अन्तिम खेल खेल्न बाँकी छ । त्यो नै पीएनजीका लागि वर्तमान साइकलको अन्तिम ओडीआई खेल हुनेछ ।क्रिकेट विश्वकप लिग टू मा पीएनजी पुछारमा रहँदै क्वालिफायर प्लेअफ खेल्नुपरेको थियो । लिग टू मा अन्तिम दुईमा रहेपछि पीएनजी र यूएईको ओडीआई मान्यता धरापमा परेको थियो । तै पनि क्वालिफायर प्लेअफबाट ओडीआई मान्यता जोगाउने अवसर दुवैलाई थियो ।

तर लगातार चार हारपछि पीएनजीले औपचारिक रुपमै ओडीआई मान्यता गुमाउने भएको हो। .च्यालेन्ज कपको शीर्ष दुईमा रहेर क्वालिफायर प्लेअफ खेलिरहेका क्यानडा र जर्सीमध्ये अब एकले ओडीआई मान्यता पाउनेछ । लिग टू को चौथो भएको नामिबिया र पाँचौ भएको अमेरिकाले पनि लिग टू बाटै ओडीआई मान्यता बचाइसकेको छ । यी दुई टिम प्लेअफमा जुन स्थानमा रहेपनि ओडीआई मान्यता जोगिनेछ । तर विश्वकप छनोटमा पुग्न हालको क्वालिफायर प्लेअफको शीर्ष दुईमा रहनुपर्नेछ ।

क्वालिफायर प्लेअफको शीर्ष दुईमा रहने टिम आगामी जुन-जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् । त्यसका लागि पीएनजी बाहेकका बाँकी पाँच टिम अझै होडमा छन् ।क्वालिफायर प्लेअफमा चार खेल मात्र बाँकी रहँदा ५ वटै टिमको सम्भावना बाँकी छ ।अमेरिका र यूएई त्यसका अगाडि छन् । दुवैले ४ खेल खेल्दा ३ जित र १ हारबाट समान ६ अंक जोडेका छन् । क्यानडा ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ । ४ खेल खेलिसकेको नामिबिया ४ अंकसहित चौथोमा छ ।

३ खेलबाट १ खेल जितेर २ अंक जोडेको जर्सी पाँचौ स्थानमा छ । जारी क्वालिफायर प्लेअफमा पहिलो पटक ओडीआई क्रिकेट खेलिरहेको जर्सीले पीएनजीमाथि ऐतिहासिक जित समेत हात पारेको थियो ।आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने वान डे विश्वकपका लागि अन्तिम छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । जहाँ सुपर लिगको पुछारको पाँच टिम, लिग टू को शीर्ष तीन टिम र क्वालिफायर प्लेअफको शीर्ष दुई टिमले प्रतिस्पर्धा गर्नेछन् ।

सुपर लिगबाट चार टिम (नेदरल्याण्ड्स, श्रीलंका, वेष्ट इन्डिज र जिम्बावे) टुङ्गो लागिसकेको छ ।अब दक्षिण अफ्रिका र आयरल्याण्डमध्ये एक टिम सिधै विश्वकप पुग्नेछ भने एक टिमले विश्वकप छनोट खेल्नुपर्नेछ ।यस्तै लिग टू बाट स्कटल्याण्ड, ओमान र नेपालले विश्वकप छनोटमा स्थान बनाइसकेका छन् ।

सम्बन्धित खबर