LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

काठमाडौं । क्यानडाले ओडीआई मान्यता प्राप्त गरेको छ । नामिबियामा भएको क्रिकेट विश्वकपको क्वालिफायर प्लेअफमा बुधबार पपुवा न्युगिनी (पीएनजी)लाई ९० रनले हराएपछि क्यानडाले आगामी चार वर्षका लागि ओडिआई मान्यता प्राप्त गरेको हो ।क्वालिफायर प्लेअफमा ६ टोली सहभागि थिए, जसमा क्यानडा ५ खेलबाट ६ अंक जोड्दै जर्सी र पीएनजीभन्दा अघि चौथो स्थानमा रह्यो । अमेरिका पहिलो र युएई दोस्रो हुँदै आगामी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भए ।

घरेलु टोली नामिबिया तेस्रो र क्यानडा चौथो हुँदै अर्को संस्करणको लिग टू मा छनोट भए । नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको क्यानडाले झण्डै एक दशकपछि ओडिआई मान्यता प्राप्त गरेको हो ।क्वालिफायर प्लेअफमा खेलेको सबै ५ खेलमा हार बेहोरेको पीएनजीले भने ओडिआई मान्यता गुमाएको छ ।पीएनजी र जर्सीले अर्को संस्करणमा च्यालेन्ज लिग खेल्नेछ ।

क्वालिफायरको शीर्ष चार टोली अमेरिका, युएई, नामिबिया र क्यानडाले अर्को संस्करणमा लिग टु खेल्नेछन् । लिग टुमा कूल ८ टिम हुनेछन्, जसमा हाल सुपर लिग खेलेको नेदरल्याण्ड्स र लिग टुमा शीर्ष तीनमा रहेका स्कटल्याण्ड, ओमान र नेपाल पनि हुनेछन् ।लिग टूअघघि नेपाल, नेदरल्याण्ड्स स्कटल्याण्ड, ओमान, अमेरिका, युएईले जिम्बावेमा हुने विश्वकप छनोट खेल्नेछन् । जसमा चार टेष्ट राष्ट्रले समेत प्रतिस्पर्धा गर्नेछन् । पूर्व विजेताद्वय वेष्ट इन्डिज र श्रीलंकासहित आयोजक जिम्बावेले खेल्ने पक्का भइसकेको छ भने  दक्षिण अफ्रिका र आयरल्याण्डमध्ये एक टिमले विश्वकप छनोट खेल्नुपर्नेछ ।

 

सम्बन्धित खबर