LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । क्यानडाले ओडीआई मान्यता प्राप्त गरेको छ । नामिबियामा भएको क्रिकेट विश्वकपको क्वालिफायर प्लेअफमा बुधबार पपुवा न्युगिनी (पीएनजी)लाई ९० रनले हराएपछि क्यानडाले आगामी चार वर्षका लागि ओडिआई मान्यता प्राप्त गरेको हो ।क्वालिफायर प्लेअफमा ६ टोली सहभागि थिए, जसमा क्यानडा ५ खेलबाट ६ अंक जोड्दै जर्सी र पीएनजीभन्दा अघि चौथो स्थानमा रह्यो । अमेरिका पहिलो र युएई दोस्रो हुँदै आगामी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भए ।

घरेलु टोली नामिबिया तेस्रो र क्यानडा चौथो हुँदै अर्को संस्करणको लिग टू मा छनोट भए । नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको क्यानडाले झण्डै एक दशकपछि ओडिआई मान्यता प्राप्त गरेको हो ।क्वालिफायर प्लेअफमा खेलेको सबै ५ खेलमा हार बेहोरेको पीएनजीले भने ओडिआई मान्यता गुमाएको छ ।पीएनजी र जर्सीले अर्को संस्करणमा च्यालेन्ज लिग खेल्नेछ ।

क्वालिफायरको शीर्ष चार टोली अमेरिका, युएई, नामिबिया र क्यानडाले अर्को संस्करणमा लिग टु खेल्नेछन् । लिग टुमा कूल ८ टिम हुनेछन्, जसमा हाल सुपर लिग खेलेको नेदरल्याण्ड्स र लिग टुमा शीर्ष तीनमा रहेका स्कटल्याण्ड, ओमान र नेपाल पनि हुनेछन् ।लिग टूअघघि नेपाल, नेदरल्याण्ड्स स्कटल्याण्ड, ओमान, अमेरिका, युएईले जिम्बावेमा हुने विश्वकप छनोट खेल्नेछन् । जसमा चार टेष्ट राष्ट्रले समेत प्रतिस्पर्धा गर्नेछन् । पूर्व विजेताद्वय वेष्ट इन्डिज र श्रीलंकासहित आयोजक जिम्बावेले खेल्ने पक्का भइसकेको छ भने  दक्षिण अफ्रिका र आयरल्याण्डमध्ये एक टिमले विश्वकप छनोट खेल्नुपर्नेछ ।

 

सम्बन्धित खबर