LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । यही अप्रिल १८ देखि मे १ सम्म काठमाडौंमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि ओमानको टोली घोषणा भएको छ ।ओमान क्रिकेट बोर्डले आइतबार जिसान मक्सुदको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीको उपकप्तानमा अकिब इल्यास छन् ।यस्तै कश्यप प्रजापति, जतिन्दर सिंह, सोइब खान, आयान खान, सन्दिप गौड, अदिल साफिक, मोहम्मद नदिम मोहम्मद नसिम जे ओडेरा, कलिमुल्लाह, बिलाल खान र अहमेद फयज बट छन् ।

मुख्य प्रशिक्षकमा दुलिप मेन्डिस छन् ।प्रिमियर कपमा ओमान पाल रहेको समूह ए मा छ । यस समूहमा मलेसिया, कतार र साउदी अरेबिया पनि छन् ।नेपाल र ओमान मात्र ओडीआई मान्यता प्राप्त टोली हुन् । नेपाल र ओमानबीच हुने खेल नेपालको ५०औं ओडीआई खेल हुनेछ ।नेपाल र ओमनबीच पछिल्लो पटक गत जुनमा क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा खेल भएको थियो । उक्त खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको थियो ।

अर्को समूहमा ओडLआई मान्यता प्रपात युएईसहित हङकङ, कुवेत, सिंगापुर र बहाराइन छन् ।दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । प्रिमियर कपको विजेता टेष्ट राष्ट्र खेल्ने एसिया कपमा छनोट हुनेछ । यस्तै शीर्ष तीन टोली एसीसी इमर्जिङ कपमा छनोट हुनेछन् ।

सम्बन्धित खबर