LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार जावलाखेल युथ क्लबलाई ३-१ ले पराजित गरेको छ । जारी लिगमा आर्मीको यो तेस्रो जित हो ।जितपछि ७ खेलबाई १२ अंक जोडेको आर्मी पाँचौ स्थानमा उक्लेको छ । सिजनको दोस्रो हार बेहोरेको जावलाखेलले भने शीर्ष स्थानमा उक्लने अवसर गुमायो । जावलाखेल ७ खेलबाट १४ अकसहित दोस्रो स्थानमै छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीका लागि जिलेस्पी जंग कार्कीले १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।नवयुग श्रेष्ठले ५२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे ।सुनिल खड्काले ६२औं मिनेटमा गोल गर्दै जावलाखेललाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर सुदिल राई ८०औं मिनेट गोल गर्दै आर्मीको जित सुनिश्चित गरे ।

सम्बन्धित खबर