LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

बारा
जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टीले केहि बुथ कब्जा गरेको आरोप लगाएका छन् ।
उप निर्वाचनको क्रममा बाराका विभिन्न मतदान केन्द्रको अनुगमन गरिरहेका अध्यक्ष राउतले स्थानीय संचारकर्मीसँगको कुराकानिमा जसपाले ४÷५ वटा मतदान केन्द्र कब्जा गरेको आरोप लगाएका हुन् । बेलडारी, झिटकैयाm पचरौतासहितका मतदान केन्द्रहरु जसपाले कब्जा गरेको आरोप लगाए । उनले जनताले धाँधलीरहित र शन्तिपुर्ण वातावरणमा आमजनताले मतदान गर्न पाउने व्यवस्था बनाउन प्रहरी प्रशासनसँग माग समेत गरेका छन् ।
यता, बारा जिल्लाका प्रहरी उपरीक्षक होबिन्द्र वोगटीले अध्यक्ष राउतको आरोपलाई निराधार बताएका छन् । उनले बारा निर्वाचन क्षत्रे २का सबै मतदान केन्द्रमा शन्तिपुर्ण तरिकाले मतदान भईरहेको दावि गरे । उनले कुनैपनि मतदान केन्द्रका कुनै प्रकारको अप्रिय घटना नभएको र कुनै उम्मेदवारले बुथ केन्द्र कब्जा नगरेको बताए । उनले उपनिर्वाचनका लागि मात्रै जिल्लामा ३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको र प्रत्येक बुथमा ३०÷३० जनाको संख्यामा सुरक्षकर्मी परिचालन गरिएको उनले बताए ।

 

सम्बन्धित खबर