LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

बारा
जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टीले केहि बुथ कब्जा गरेको आरोप लगाएका छन् ।
उप निर्वाचनको क्रममा बाराका विभिन्न मतदान केन्द्रको अनुगमन गरिरहेका अध्यक्ष राउतले स्थानीय संचारकर्मीसँगको कुराकानिमा जसपाले ४÷५ वटा मतदान केन्द्र कब्जा गरेको आरोप लगाएका हुन् । बेलडारी, झिटकैयाm पचरौतासहितका मतदान केन्द्रहरु जसपाले कब्जा गरेको आरोप लगाए । उनले जनताले धाँधलीरहित र शन्तिपुर्ण वातावरणमा आमजनताले मतदान गर्न पाउने व्यवस्था बनाउन प्रहरी प्रशासनसँग माग समेत गरेका छन् ।
यता, बारा जिल्लाका प्रहरी उपरीक्षक होबिन्द्र वोगटीले अध्यक्ष राउतको आरोपलाई निराधार बताएका छन् । उनले बारा निर्वाचन क्षत्रे २का सबै मतदान केन्द्रमा शन्तिपुर्ण तरिकाले मतदान भईरहेको दावि गरे । उनले कुनैपनि मतदान केन्द्रका कुनै प्रकारको अप्रिय घटना नभएको र कुनै उम्मेदवारले बुथ केन्द्र कब्जा नगरेको बताए । उनले उपनिर्वाचनका लागि मात्रै जिल्लामा ३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको र प्रत्येक बुथमा ३०÷३० जनाको संख्यामा सुरक्षकर्मी परिचालन गरिएको उनले बताए ।

 

सम्बन्धित खबर