LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

काठमाडौं । सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शन गरेपछि नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई पराजित गरेको छ । बिहीवार त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न समूह ‘ए’अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले हरायो ।

१५८ रनको विजयी लक्ष्य पछ्याएको कतारको आधा टोली लामिछानेको बलिङमा धराशयी बन्यो । ९.१ ओभर बलिङ गरेका लामिछानेले १४ रन खर्चिएर ५ विकेट लिएपछि कतार ८९ रनमै समेटियो । नेपालका लागि सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गर्न आएको नेपाल १५७ रनमै अलआउट भएको थियो । यो स्कोर जारी प्रतियोगितामा अहिलेसम्म नेपालले बनाएको सबैभन्दा कम हो । नेपालले उक्त स्कोरमा पुर्याउन लामिछानेले नै सर्वाधिक रन जोडेका थिए । उनले ५८ बलमा ४२ रन बनाएका थिए ।

जितसँगै नेपाल समूह ‘ए’को विजेता बनेको छ । प्रतियोगिताका ३ खेलमा जित र १ मा अंक बाँडेको नेपालको ४ खेलबाट ७ अंक बनेको छ । यो समूहबाट उपविजेता हुँदै ओमान पनि सेमिफाइनलमा पुगिसकेको छ । नेपालले सेमिफाइनलमा अर्काे समूहको उपविजेतासँग खेल्नेछ । उक्त समूहको उपविजेताको टुंगो भने हङकङ र कुवेतबीचको खेलले निर्धारण गर्नेछ । उक्त खेल अहिले मुलपानी क्रिकेट मैदानमा भइरहेको छ ।

उक्त खेल हङकङले जितेमा नेपालले सेमिफाइनलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ । यो अवस्थामा हङकङको ७ अंकसहित समूह विजेता बन्नेछ भने युएई ६ अंकसहित उपविजेता बन्नेछ । आजको खेल कुवेतले जितेमा भने कुवेत र युएईमध्ये एक टोलीसँग नेपालको सेमिफाइनल भिडन्त हुनेछ । यो अवस्थामा यी दुवै टोलीको समान ६ अंक हुनेछ । हङकङ ५ अंकसहित प्रतियोगिताबाट बाहिरिनेछ ।

यो अवस्थामा जितको अन्तरले समूह विजेता उपविजेताको टुंगो लाग्नेछ । कुवेतले सामान्य अन्तरमा खेल जितेमा ऊ समूह उपविजेता हुनेछ । कुवेतलाई समूह विजेता बन्न विशाल अन्तरले खेल जित्नुपर्नेछ । तर, हङकङ र कुवेतबीचको खेल हेर्दा यो सम्भावना सकिएको छ ।

२७३ रनको विजयी लक्ष्य पछ्याइरहेको हङकङले ३२ ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा १४७ रन बनाइसकेको छ ।

खेल टाइ भएको अवस्थामा भने सेमिफाइनलमा नेपालकाे भेट हङकङसँग हुने देखिन्छ । यो अवस्थामा युएई र हङकङको समान ६ अंक हुनेछ । र, कुवेत ५ अंकसहित प्रतियोगिताबाट बाहिरिनेछ ।

 

सम्बन्धित खबर