LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको ओमान र कुवेतबीचको खेल खराब मौसमका कारण रद्ध भएको छ ।प्रतियोगिताको नियमअनुसार आईसीसी वरीयतामा अगाडि रहेको टिम ओमान विजयी भएको छ ।ओमानले एसीसी इमर्जिङ एसिया कपमा स्थान सुरक्षित गरेको छ । प्रिमियर कपको शीर्ष तीन टिमले एसीसी इमर्जिङ एसिया कप खेल्नेछन् ।

फाइनलिष्ट टिमहरु नेपाल र यूएईले यसअघि नै जुलाइमा हुने यो प्रतियोगितामा स्थान सुरक्षित गरिसकेका छन् । प्रतियोगिताको आयोजनास्थलको निर्णय भइसकेको छैन ।१३१ रनको लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा विना क्षति ४१ रन बनाउँदा तेस्रो स्थानका लागि भएको खेल वर्षाका कारण रोकिएको थियो । दिउँसो ३ बजेपछि वर्षा रोकिए पनि मैदानमा पानी जमेर खेल्न नमिल्ने भएपछि रद्ध गरिएको हो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले ३१.३ ओभरमा सबै विकेट गुमाएर १३० रनको योगफल बनाएको थियो ।कुवेतलाई सस्तैमा समेट्न ओमानका जय ओडेड्राले ५.३ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर ५ विकेट लिएका थिए । विलाल खानले २ विकेट लिएका थिए । कुवेतका ओपनर अदान इद्रिसले सर्बाधिक ३४ तथा सयद मोनिवले २८ रन जोडे ।

यसअघि सेमिफाइनलमा पनि कुवेत र नेपालबीचको खेल वर्षाले रद्ध भएको थियो । समूह चरणको प्रदर्शनका आधारमा नेपाल फाइनलमा पुगेको थियो भने कुवेतले तेस्रो स्थानका लागि प्लेअफ खेल्नुपरेको थियो । नेपाल समूह ए को विजेता र कुवेत समूह बीको उपविजेता बन्दै फाइनल प्रवेश गरेका थिए ।प्रतियोगिताको उपाधिका लागि सोमबार नेपाल र यूएई आमने सामने हुँदैछन् । यो खेलको विजेताले आगामी सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटमा भारत र पाकिस्तान रहेको समूहबाट खेल्नेछ ।

 

 

सम्बन्धित खबर