LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणको उदीयमान खेलाडीको क्रिकेटका सुवास भण्डारी घोषित भएका छन् । फुटबलका सुमित श्रेष्ठ र भलिबलका रवि केसीलाई पछि पार्दै भण्डारी उदीयमान खेलाडी घोषित भएका हुन् ।१९ वर्षीय सुवास भण्डारी नेपाली राष्ट्रिय यु-१९ का पहिलो रोजाइका अलराउन्डर हुन् भने गण्डकी प्रदेशको यु-१९ टिम कप्तानसमेत हुन् । नेपाललाई यु-१९ विश्वकप छनोटमा पुर्‍याउन उनको ठूलो योगदान थियो । नेपालले क्रिकेटको यु १९ विश्वकप खेल्दैछ ।

भण्डारीले यु-१९ विश्वकप छनोटका लागि पाँच खेल खेले, जसमा उनले कुल ७ विकेट लिएका थिए । भण्डारीले सिंगापुर विरुद्ध १० ओभरमा २३ रन खर्चेर २ विकेट, हङकङविरुद्ध १० ओभरमा १० रन खर्चेर २ विकेट, मलेसिया विरुद्ध ९ ओभरमा ३० रन खर्चेर १ विकेट  र युएई विरुद्ध १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए ।बागलुङमा जन्मिएका भण्डारी कास्कीमा नै रहेर क्रिकेट खेलिरहेका थिए । राष्ट्रिय टिममा पर्नुअघि भएको प्रदेशस्तरीय छनोट खेलमा ६ खेल्दा १४ विकेट लिएका थिए । उनले ६ खेलमा १२४ रन पनि बनाएका थिए ।
प्रदेश छनोट पश्चात उनी यु-१९ टिमका लागि सुरुआती २८ मा पर्न सफल भएका थिए । २८ पछि अन्तिम १८ हुँदै अन्तिम १४ मा पर्न सफल भए । ‘वर्ष उदीयमान खेलाडी घोषणा हुन पाउँदा खुसी लागेको छ । सबैलाई धेरै धन्यवाद’, पुरस्कृत भइसकेपछि भण्डारीले भने ।

सम्बन्धित खबर