LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणको उदीयमान खेलाडीको क्रिकेटका सुवास भण्डारी घोषित भएका छन् । फुटबलका सुमित श्रेष्ठ र भलिबलका रवि केसीलाई पछि पार्दै भण्डारी उदीयमान खेलाडी घोषित भएका हुन् ।१९ वर्षीय सुवास भण्डारी नेपाली राष्ट्रिय यु-१९ का पहिलो रोजाइका अलराउन्डर हुन् भने गण्डकी प्रदेशको यु-१९ टिम कप्तानसमेत हुन् । नेपाललाई यु-१९ विश्वकप छनोटमा पुर्‍याउन उनको ठूलो योगदान थियो । नेपालले क्रिकेटको यु १९ विश्वकप खेल्दैछ ।

भण्डारीले यु-१९ विश्वकप छनोटका लागि पाँच खेल खेले, जसमा उनले कुल ७ विकेट लिएका थिए । भण्डारीले सिंगापुर विरुद्ध १० ओभरमा २३ रन खर्चेर २ विकेट, हङकङविरुद्ध १० ओभरमा १० रन खर्चेर २ विकेट, मलेसिया विरुद्ध ९ ओभरमा ३० रन खर्चेर १ विकेट  र युएई विरुद्ध १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए ।बागलुङमा जन्मिएका भण्डारी कास्कीमा नै रहेर क्रिकेट खेलिरहेका थिए । राष्ट्रिय टिममा पर्नुअघि भएको प्रदेशस्तरीय छनोट खेलमा ६ खेल्दा १४ विकेट लिएका थिए । उनले ६ खेलमा १२४ रन पनि बनाएका थिए ।
प्रदेश छनोट पश्चात उनी यु-१९ टिमका लागि सुरुआती २८ मा पर्न सफल भएका थिए । २८ पछि अन्तिम १८ हुँदै अन्तिम १४ मा पर्न सफल भए । ‘वर्ष उदीयमान खेलाडी घोषणा हुन पाउँदा खुसी लागेको छ । सबैलाई धेरै धन्यवाद’, पुरस्कृत भइसकेपछि भण्डारीले भने ।

सम्बन्धित खबर