LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ । मुम्बईले दिएको १४० रनको लक्ष्य चेन्नईले ४ विकेट गुमार १४ बल बाँकी छँदा पूरा ग¥यो ।चेन्नईको जितमा देवन कनवेले ४४, ऋतुराज गैकवाडले ३०, शिवम दुवेले अविजित २६, अजिन्क्या रहानेले २१ र अम्बाती रायडुले १२ रनको योगदान गरे । कप्तान महेन्द्र सिंह धोनी २ रनमा अविजित गरे । बलिङतर्फ मुम्बईका पियुष चावलाले २ तथा तिर्सन स्तुवास र आकाश माधवलले १/१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रन जोडेको थियो । उसका नेहाल वाधेराले ६४, सूर्यकुमार यादवले २६ र तिर्सन स्तुवासले २० रनको योगदान गरेका थिए ।बलिङतर्फ चेन्नईका माथिसा पथिरानाले ३, दिपक चहार र तुसहार देशपाण्डेले २/२ र रवीन्द्र जडेजाले १ विकेट लिएका थिए ।जितपछि ११ खेलबाट १३ अंक जोडेको चेन्नई दोस्रो स्थानमा पुगेको छ । १० खेलबाट १० अंक नै रहेको मुम्बई छैठौं स्थानमा छ ।

सम्बन्धित खबर