LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ । मुम्बईले दिएको १४० रनको लक्ष्य चेन्नईले ४ विकेट गुमार १४ बल बाँकी छँदा पूरा ग¥यो ।चेन्नईको जितमा देवन कनवेले ४४, ऋतुराज गैकवाडले ३०, शिवम दुवेले अविजित २६, अजिन्क्या रहानेले २१ र अम्बाती रायडुले १२ रनको योगदान गरे । कप्तान महेन्द्र सिंह धोनी २ रनमा अविजित गरे । बलिङतर्फ मुम्बईका पियुष चावलाले २ तथा तिर्सन स्तुवास र आकाश माधवलले १/१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रन जोडेको थियो । उसका नेहाल वाधेराले ६४, सूर्यकुमार यादवले २६ र तिर्सन स्तुवासले २० रनको योगदान गरेका थिए ।बलिङतर्फ चेन्नईका माथिसा पथिरानाले ३, दिपक चहार र तुसहार देशपाण्डेले २/२ र रवीन्द्र जडेजाले १ विकेट लिएका थिए ।जितपछि ११ खेलबाट १३ अंक जोडेको चेन्नई दोस्रो स्थानमा पुगेको छ । १० खेलबाट १० अंक नै रहेको मुम्बई छैठौं स्थानमा छ ।

सम्बन्धित खबर