LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । धनुषामा गाँजा हालिएको चुरोट तान्ने विषयमा विवाद हुदाँ एक युवकको मृत्यु भएको छ ।
गत मंगलवार राति जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २४ वर्षीय रब्बनी मंसुरको गाँजा हालिएको चुरोट तान्ने विषयमा आफ्नै साथिहरु बीच भएको विवादमा मृत्यु भएको हो । प्रहरीका अनुसार मंगलवार राति मंसुर साथिहरु जनकपुरधाम–७ जानकीनगरका २० वर्षीय अनुज तिवारी, २५ वर्षीय जियाउल राईन, जनकपुरधाम – ८ बस्ने ३१ वर्षीय राजकुमार साह र धनुषा नगराईन नगरपालिका– २ बस्ने २१ वर्षीय जितेन्द्र कुमार मण्डल बीच गाँज हालिएको चुरोट तान्ने विषयमा विवाद भएको थियो ।
मंगलवार दिउँसै धनुषाको सिमावर्ति बजार जटहीबाट लागु औषध सेवन गरेर आएका चारै जना मंगलवार राती जनकपुरधाम–२३ लादोबेलास्थित एक घरको दोस्रो तल्लामा मदिरा सेवा गरेका थिए । मदिरा सेवा पश्चात गाँजा हालिएको चुरोट तान्ने विषयमा उनीहरु झगडा र कुटपिट भएको थियो । सोही क्रममा मंसुर छतबाट लडेका थिए ।
विहिवार जिल्ला प्रहरी कार्यालय धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनका प्रहरी उपरीक्षक विश्वराज खड्काले भने,‘ झण्डाकै क्रममा मंसुर घरको दोस्रो तालाबाट तल झरेर गम्भिर घाईते भएका थिए । पछि राती १ बजे सोही मध्येबाट अनुज तिवारीले मंसुरलाई उपचारको लागि प्रादेशिक अस्पतालमा ल्याएर फरार भए ।’ बुधवार विहान १० बजे उपचारको क्रममा मंसुरको मृत्यु भएको उनले बताए ।
घटनामा ४ जनालाई पक्राउ गरिएपनि प्रहरीले अहिले सम्म २ जनालाई सार्वजनिक गरेको छ । उनले घटनाको थप अनुसन्धान भईरहेको र बाँकी व्यक्तिलाई पनि सार्वजनिक गरिने बताए ।

सम्बन्धित खबर